तुलसीपुर असार २७ । समाजसेवी केशवराज सापकोटाले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रम तुलसीपुरमा खाद्यन्न सामाग्री सहयोग गरेका छन ।
सोमबार मानव सेवा आश्रम तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि सापकोटाले ५१औं जन्मदिनको अवसरमा खाद्य सामग्री वितरण गरेका हुन । त्यस अवसरमा उनले चामल, दाल, तरकारी, साबुन तथा दैनिक प्रयोग हुने उपभोग्य वस्तु लगायतको खाद्य सामग्री वितरण गरेका हुन ।
मानव सेवाका लागि स्थापना गरिएको आश्रममा बस्नेहरुको जीवनमा सहज आउने भएकाले सामग्री वितरण गरिएको केशवराज सापकोटाले बताए ।
सडक पेटीमा वस्ने, मागेर खाने, मानशिक सन्तुलन गुमाएका गरिब तथा अशक्त, बेसाहरा व्यक्तिहरुको संरक्षणका लागि मानव सेवाले देखाएको बाटो सराहनीय भएको सापकोटाले बताए ।
यातायात व्यवसायी प्रकाश भट्ट, समाजसेवी दिनेश डाँगी, श्रीमती कान्छी सापकोटा, नातीनी बुनु सापकोटा लगाएको उपस्थिमा सहयोग हस्तान्तरण गरेका हुन ।
सापकोटा अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तुलसीपुर ३,८र ९ को उपाध्यक्ष र नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष र विभिन्न संघसंस्थामा आवद्ध छन ।