२०८१ कार्तिक २३ गते शुक्रवार

बाल शिक्षा क्षेत्र सुधारका लागि कपुरकोटमा अन्तरक्रिया

सल्यान, असार २७ । शिक्षा योजना निर्माण र बाल अधिकार सुनिश्चित गाउँपालिका बनाउनका लागि सल्यानको कपुरकोटमा अन्तक्रिया भएको छ ।

सामाजिक विकास कार्यालय सल्यानको आयोजनामा विद्यालय शिक्षा क्षेत्र योजना निर्माण र वालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि अभिमुखिकरण कार्यक्रम भएको हो ।


जनप्रतिनिधि, कर्मचारी, शिक्षा समितिका सदस्य, शिक्षा क्षेत्रमा काम गरेका स्थानिय बुद्धिजिविहरु, मावि र आधारभूत विद्यालयका प्रधानाध्यापक तथा बालक्लवका प्रतिनिधिहरुवीच दुई दिनसम्म अन्तरक्रिया भएको हो ।

गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बालबालिका सबैको सरोकारको बिषय भएको हुँदा बालमैत्री गाउँपालिका बनाउन स्थानीय तह, बिद्यालय, गैर सरकारी संस्था, अभिभावक लगाएत सबैको उत्तिकै दायित्व रहने बताए ।

‘योजना भनेको विकासको मियो हो । शिक्षा क्षेत्रको योजनावद्ध विकासको लागि पञ्चवर्षिय योजना बनाउन आउँदो आर्थिक वर्षको लागि बजेट समेत विनियोजन गरिसकेका छौँ,’ अध्यक्ष पुनले भने ।

गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले कपुरकोटको शिक्षा योजना बनाएर शिक्षा क्षेत्रकोे विकासमा आमूल परिर्वतन गर्न चाहेको बताए । योजना बनाएर काम गर्दा, स्रोत, जनशक्ति तथा समयको उचित व्यवस्थापन हुने उनको भनाई छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले शिक्षा क्षेत्रको विकासका लागि शिक्षा निति, शिक्षा योजना र स्थानीय पाठ्यक्रम निर्माणको काम अव तत्काल अघि बढाइने बताए ।

शिक्षक महासंघ कपुरकोटका अध्यक्ष श्याम केसीले पालिकाको शिक्षाको विकासको लागि हुने सकारात्मक काममा आफुहरुको पूर्ण सहयोग रहने बताए ।

शिक्षा योजना निर्माणका विषयमा पुरुषोत्तम गिरी र दामोदर शर्माले अभिमुखिकरण गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *