२०८२ जेष्ठ ३० गते शुक्रवार

तुलसीपुरकी उपमेयर चौधरीले दिइन आँखा उपचार गर्न वलीलाई ब्यक्तिगत २० हजार आर्थिक सहयोग

तुलसीपुर,असार २७ । तुलसीपुर उपमहानगरपालिकाका उम–मेयर स्यानी चौधरीले आँखाको उपचारको लागि व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेकी छिन् ।

चौधरीले सोमवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ का प्रेमबहादुर वलीलाई आँखा उपचारको लागि २० हजार रुपैयाँ आर्थिक सहयोग गरेकी हुन् ।

वलीको एउटा आँखामा पहिले नै समस्या थियो भने अर्को आँखामा क्यान्सर भएपछि दृष्टि बिहीन भएका छन् ।

वलीको उपचारमा केही मद्धत प¥याउने उद्देश्यले आर्थिक सहयोग गरेको उप-मेयर चौधरीले जानकारी दिइन । चौधरीले उक्त रकम वलीका छोरा भुवन वलीलाई हस्तान्तर गरेकी हुन ।

यसअघि पनि उपमेयर वलीले केही ब्यक्तिलाई सहयोगार्थ ब्यक्तिगत रुपमा आर्थिक साहेता गर्दै आइरहेकी छिन् । तुलसीपुर – ६ डुम्रीगाउँ स्थित आफ्नो निजी निवासलाई उनले असहाय बालबालिकालाई बिगत केही बर्ष अघिदेखि संरक्षण गर्दै आइरहेकी छिन् ।

समाजिक क्षेत्रबाट उदाएकी चौधरीलाई नेकपा एमालेले एकाएक उपमेयरको टिकट दिएको थियो । उनी लोकप्रिय मतका साथ निर्वाचित भएकी थिइन ।

प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *