घोराही, असार २६ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा पुनः देवीबहादुर डिसी निर्वाचित भएका छन् ।
डिसीलाई यो संगै लगातार ७औं कार्यकाल संस्थाको नेतृत्व गर्ने अवशर मिलेको छ । उनी २०६० सालदेखि खानेपानी संस्थामा अनबरत रुपमा नेतृत्वमा छन् ।
डिसी पहिलो पटक २०५३ सालमा संस्थाको सदस्य बनेका थिए । त्यही साल घोराहीमा खानेपानी संस्था गठन भएको थियो ।
घोराहीमा डिसी ‘पानी बाजे’का उपमाले चिरपरिचित छन् । डिसी पूर्व कानुन ब्यबसायी पनि हुन ।
आइतबार प्राप्त मत परिनाम अनुसार डिसी गठबन्धन प्यानलबाट अध्यक्षमा दोब्बर बढी मतान्तरले निर्वाचित भएका हुन ।
डिसी २ हजार २ सय ९४ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका नेता तथा संयुक्त प्यानलका उम्मेदवार नारायण भुसालले जम्मा १ हजार ८५ मत मात्रै प्राप्त गरे ।
डिसीले भुसाल भन्दा १ हजार २ सय ९ मत बढी प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका हुन ।
संस्थाको नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । कुल ७ हजार १ सय २३ मतदाता रहेकोमा ३ हजार ५ सय ६५ मत खसेको थियो ।
निर्वाचनबाट संस्थाको वरिष्ठ उपाध्यक्षमा गठबन्धन प्यानलका भरतमणि पाण्डेय १ हजार ८ सय ८२ मत प्राप्त गरि निर्वाचित हुँदा संयुक्त प्यानलका उम्मेदवार नरबहादुर बुढाथोकीले जम्मा १ हजार २ सय ९७ मत मात्रै प्राप्त गरे ।
त्यस्तै महिला उपाध्यक्षमा गठबन्धन प्यानलका हेमन्ती रोका मगरले १ हजार ६ सय ९७ मत प्राप्त गरि बिजयी हुँदा संयुक्त प्यानलका उम्मेदवार लक्ष्मीसिंह ठकुरीले जम्मा १ हजार ३ सय ९८ मत मात्रै प्राप्त गर्न सकिन ।
गठबन्धन प्यानलबाटै सचिब पदमा धर्मेन्द्र श्रेष्ठ १ हजार ८ सय २६ मत प्राप्त गरि निर्वाचित भए । उनका प्रतिष्ष्र्धी संयुक्त प्यानलका उम्मेदवार दीपककुमार श्रेष्ठले जम्मा १ हजार २ सय ९८ मत मात्रै प्राप्त गर्न सके ।
त्यस्तै कोषाध्यक्षमा गठबन्धन प्यानलका धुर्ब केसी सबै भन्दा बढी मतान्तरका साथ निर्वाचित भएका छन् ।
केसीले २ हजार १ सय ९२ मत प्राप्त गर्दा संयुक्त प्यानलका उम्मेदवार सानुमाया अधिकारीले जम्मा ८ सय ९८ मत मात्रै प्राप्त गरे ।
त्यस्तै महिला सदस्यमा गठबन्धनका खुमा खड्काले २१६७, विन्दु पाण्डेयले १८७० र यशोदा पाण्डेयले १६६८ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरु संग संयुक्त प्यानलका ज्योती रोका मगर देवकला पाण्डे र लक्ष्मी अधिकारी पराजित भएका हुन । उनीकहरुले क्रमशः १०६६, ११४३ र १२६० मत प्राप्त गरेका थिए ।
त्यस्तै खुल्ला सदस्य तर्फ गठबन्धन प्यानलका किशोर आचार्य २०९२, युवराज आचार्यले १६१० र दिनेश वली १४७२ मतका साथ निर्वाचित हुँदा संयुक्त प्यानलका महेश न्यौपानेले १०११, हरि खरेलले १२०१ र सुनिल बनियाँले ७९१ मत प्राप्त गरेका थिए ।
यही पदमा स्वतन्त्र उम्मेदवारी दिएका नारायण लामिछानेले जम्मा ६६५ मत मात्रै प्राप्त गर्न सके ।
घोराही खानेपानी संस्था २०५३ सालमा स्थापना भएको थियो । संस्थापक अध्यक्ष स्वर्गिय यज्ञबहादुर बुढाथोकी हुन ।