दाङ,असार २६ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा गठबन्धनको प्यानलले अग्रता लिइरहेको छ ।
महिला सदस्य पदका लागि भएको निर्वाचनका गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् ।
गणना मतमा गठबन्धनका खुमा खड्काले २१६७, विन्दु पाण्डेयले १८७० र यशोदा पाण्डेयले १६६८ मत प्राप्त गरेका छन् ।
त्यस्तै संयुक्त प्यानलका ज्योती रोका मगरले १०६६, देवकला पाण्डेले ११४३ र लक्ष्मी अधिकारीले १२६० मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : २०७९ असार २६ गते आइतवार