२०८२ चैत्र ३ गते मङ्गलवार

च्याउ टिप्न जाँदा खोलामा फसेका महिलाको उद्धार

दाङ,असार २६ । दाङमा जंगली च्याउ टिप्न गएका महिलाहरु खोलामा आएको बाढीले छेकिएपछि सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

राजपुर गाउँपालिका–२ स्थित दक्षिण चुरे भएर उत्तरतर्फ बग्ने सोमइथान खोलामा आएको बाढीले छेकिएका उनीहरूको उद्धार गरिएको हो ।

१६र१७ जनाको समूह भएर त्रिशक्ति सामुदायिक वन क्षेत्रमा च्याउ खोज्न गएका बेला खोलामा आएको बाढीले गर्दा उनीहरु फसेका थिए ।

बिहान ९ बजेदेखि खोलाको बीच भागमा फसेका दश जना महिलालाई सशस्त्र प्रहरी बलको उद्दार टोलीले पाँच घण्टापछि उद्दार गरेको हो ।

च्याउ खोज्न गएका १८ जनामध्ये ९ जना निस्किन सफल भएका थिए भने बाँकी दश जना खोलाको विचभागमा फसेका थिए।

प्रकाशित मिति : २०७९ असार २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *