तुलसीपुर,असार २५ । नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिधिहरुलाई जनतालाई केन्द्रविन्दुमा राखेर जनपक्षिय काममा लाग्न सुझाव छ ।
नेपाली काँग्रेस क्षेत्र नं. ३ ले तुलसीपुरमा आयोजना गरेको काँग्रेसबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरुले निर्वाचनका बेला जनता संग गरेका कुराहरु पुरागर्न तर्फ लाग्न आग्रह गरेका हुन् ।
केहि जनप्रतिनिधिहरुले पार्टीले टिकट दिएर चुनावमा लडने र कार्यकर्ता जनताले मत दिना पनि आफुहरु एकलैले मात्र जितेको जस्तो गर्ने विगतका पराम्परा रहेको भन्दै सहभागीले पार्टी संग समन्वय गरेर जनताको काममा लाग्न सुझाव थियो ।
त्यस्तै सहभागीहरुले पश्चिम दाङ र अन्य दाङका केहि गाउँपालिकाका काँग्रेस एकलै लडेर पनि जित्ने र मुख्य स्थान तुलसीपुर, घोराही र राप्तीमा हारव्यहोर्दा भने नमिठो लागेको सुनाएका थिए ।
कार्यक्रममा नेताहरुले गठवन्धन हुदा हुदैपनि हारव्यहोर्नु परेकाले समिक्षाको विषय भएको बताएका थिए । नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको अध्यक्षता नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिपक गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा बोल्दै गिरीले जनताको मनजितेर अगाडी बढन जनप्रतिनिधिलाई आग्रह गर्दै शुभकामना दिए ।
केन्द्रिय सदस्य गिरीले हिजोका तिता मिठाकुरालाई भुल्दै अव आगामी चुनावलाई सफल पार्न सवैलाई आग्रह गरे ।
‘हामीले अन्य गाउँपालिका र नगरपालिकामा बहुमतका साथ जित हासिल गरेका छौं तर मुटुको रुपमा रहेका उपमहानगरपालिकामा भने विजयको मुखमा पुग्दा पुग्दै पनि प्राविधिक र अन्य केहि कारणले चुनाव हार्नुपर्ने भयो यो हाम्रो लागि नराम्रोहो –गिरीले भने । ’ उनले अवका आउँदा दिनमा काँग्रेसमा एकताको आवश्यक देखिएको बताए ।
‘एकतानै बलहो काँग्रेसको नीति विधिलाई सवैले आत्मसाथ गरे अगाढी बढनु आजको आवश्यकता हो गिरीले भने । उनले सवैलाई आगामी मंसिरमा हुने निर्वाचनमा जुटन र चुनावको तयारीमा लाग्न पनि आग्रह गरे ।
‘मतदाता नामावली देखि चुनावका लागि सवै तयारीमा जुटन आवश्यक छ व्यक्ति भन्दा पनि संस्था ठुलोमा काँग्रेसलाई कसरी विजय गराउने भन्नेमा सवै लाग्नुहोस –प्रमुख अतिथि गिरीले भने ।’
कार्यक्रममा विशिष्ट अतिथि नेपाली काँग्रेस लुम्विनी प्रदेशका सभापति अम्मरसिंह पुनले पार्टीको नीति विधि अनुसार जनताको विचमा हिजोका प्रतिवद्धताहरु पुरा गर्न तर्फ लाग्न जनप्रतिनिधिहरुलाई सुझाव दिए ।
उनले जनतालाई केन्द्र विन्दुमा राखेर पाटी संग समन्वय गरेर अगाडी बढनुपर्ने बताए । ‘निर्वाचन जिते भनेर समन्वय नगरि मै भाले भने जस्तो जस्तो नगर्नुहोला सवै संग समन्वय गरेर अगाडी बढनुहोला उनले भने ।’
उनले काँग्रेसको उरभर्वर भुमि दाङ भएपनि विभिन्न कारणले दाङमा स्थानीय निर्वाचनमा केहि स्थान हारर्नुपरेको भन्दै प्रतिसोधको भावनाले पार्टीलाई असर पर्ने बताए ।
‘हिजो टिकट वितरणमा पनि केहि तुरुटी भएहोलान तर आज हराउने लाई भोलि फेरी हराउछन् त्यो कुरा सवैले मन्न गर्नुहोला –सभापति पुनले भने ।’ सभापति पुनले पाटीमा घात अन्तरघात भयो कारवाहि गर्नुपर्छ भन्ने कुरा आएको भन्दै पार्टीको विधि विधान अनुसार कारवाहि हुने बताए ।
‘यो फरक विचार राख्ने हो भनेर कारवाहि गर्नु पर्छ भन्ने चाहि होइन तथ्य प्रमाण भयो भने घात अन्तरघात गर्नेलाई कारवाहि गर्नेहो कारवाहि गर्ने भनेको पार्टीबाटै निस्कासन गर्नुपनि होइन विभिन्न विधछन् उनले भने ।’
लुम्विनी प्रदेशका सहमहामन्त्री निमा गिरीले लुम्विनी प्रदेशमा काँग्रेसले समग्रमा राम्रो परिणाम स्थानीय निर्वाचनमा ल्याएको भन्दै दाङमा भने नसोचेको परिणाम आएको बताइन् । उनले यो किन भयो भन्ने विषयमा गम्भीर हुनेपर्ने बताइन् ।
उनले काँग्रेसको रुटनै बन्द भएको भन्दै चुनाव हार्नुको एउटा प्रमुख कारण त्यो पनि भएको बातइन् । ‘हाम्रो मातृसंगसंघठन कहाँ छन् के भई रहेको छ गठन भएको छ छैन अनि कसरी जितिन्छ चुनाव ? रुटनै बन्द भएपछि उनले प्रश्न गरिन ।
कार्यक्रममा नेपाली काँग्रेस दाङका निवर्तमान सभापति किर्तिबहादुर खड्काले काँग्रेस भित्र अनुसासन हराउदै गएको भन्दै सवै पार्टी प्रति जिम्मेवार हुनुपर्ने बताए । उनले गुटको नेता नभई सवै कार्यकर्ताको भएपछि पार्टी संगठन बलिायो हुने बताए ।
प्रदेश सभा सदस्य शंकर गिरीले अवको नेतृत्व युवा पुस्ताले लिनुपर्ने भन्दै आगामी निर्वाचनका लागि सवै एक भएर निर्वाचनको तयारीमा जुटनुपर्ने बताए । कार्यक्रममा सविधान सभा सदस्य वुद्धिराम भण्डारीले चित्नु हार्नु निर्वाचनमा स्वभागीक प्रकृया भएको भन्दै सधै एउटै व्यक्तिले सवै पद लिनु राम्रो नहुने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापति घनश्यमा रेग्मीले आगामी निर्वाचनमा अव एकाकार भएर जानुपर्ने भन्दै आन्तरीक खिचातानीले समस्या उत्पन्न भएको बताए । उनले व्यक्ति गौन भएको भन्दै संस्थालाई बलियो बनाउन तर्फ ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा काँग्रेस नेता महादेव शाहले मंसिरमा हुने निर्वाचनलाई मध्यनजर गरि अगाडी बढन सवैलाई आग्रह गरे उनले चुनाव हारेपछि समिक्षा भन्दापनि टिकट दिदा कस्तो कुन व्यक्तिलाई दिने भन्ने समिक्षा आवश्यक रहेको बताए ।
कार्यक्रममा काँग्रेस नेता लेवेन्द्र धितालले आगामी निर्वाचनमा अव जिम्मेवार भएर लाग्नु पर्ने भन्दै २ वटा उपमहानगरपालिका मा हारव्यहोदा काँग्रेसलाई निकै ठुलो घाटा भएको बताए । त्यस्तै नगरसभापति सुरेश हमालले निर्वाचित जनप्रतिनिधिहरुलाई रचनात्म काम गरेर देखाउन भन्दै शुभकामना दिए । उनले नगरमा लजास्मत तरिकाले हारव्यहोरेको भन्दै आगामी चुनावमा सवै क्षेत्र जित्ने गरि लाग्नु पर्ने बताए । ‘पार्टीमा नेताहरुको आस पनि छैन् तरासपनि छैन अनि कसरि बन्छ पार्टी उनले भने ।
कार्यक्रममा जिल्ला समन्वय समितिमा उपप्रमुख चेतना चौधरी प्रदेश सभापतिहरु देवेन्द्र रिजाल खिमबहादुर वली, नेपाली काँग्रेस बबई गाउँपालिकाका अध्यक्ष प्रकाश बस्नेत लगायतले जनप्रतिनिधिहरुलाई बधाई दिएका थिए ।
कार्यक्रममा शान्ति नगरगाउपालिका अध्यक्ष प्रमोद बस्नेत, दंगिशरणका अध्यक्ष सम्शु गिरी, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले नेपाली जनताले काँग्रेस खोजेको, भन्दै आफुहरुले पार्टीबाट निर्वाचन जितेकाले पार्टीको समन्वय र गाउँपालिकाको नीति नियम भित्र रहेर जनताप्रसित कटीवध भएर काम गर्ने बताएका थिए ।
सहभागीहरुले पार्टीमा गलत काम गर्नेलाई छानविन गरेर कारवाहि गर्नुपर्ने बताएका थिए । सो अवसरमा जनप्रतिनिधिहरु विभिन्न संघ संस्थामा निर्वाचित प्रतिनिधिर काँग्रेसमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
क्षेत्रीय सदस्य पुर्ण केसीको स्वागत मन्तव्यबाट भएको कार्यक्रमको सहजिकरण सचिव सोभाकर सापकोटाले गरेका थिए ।
कांग्रेसलाइ सच्चा कार्यकर्ता एवं मतदाता चाहिएको छ । बर्षभरी कांग्रेस भएर निर्वाचनका दिन रुखमा मत दिने कांग्रेसालइ छानी छानी कारवाहि गर्न तल्लो तहका जनप्रतिनिधिहरुले सुझाएका छन् । रुखको मुनी बसेर अन्तै भोट हाल्ने कांग्रेस नामका मतदातालाइ छानी छानी अनुशासनको कारवाहि गर्न कांग्रेस अनुशासन विभागलाइ पनि उनीहरुले आग्रह गरेका छन् ।
तुलसीपुरमा नेपाली कांग्रेस क्षेत्रीय निर्वाचन समितिले आयोजना गरेको जनप्रतिनिधिहरुकालागी स्वागत सम्मान कार्यक्रममा पालिकाका जिम्मेवार व्यक्तिहरुले सम्मान पाउंदा जति खुसी थिए, तर कांग्रेस भएर पनि रुखमा मत नदिनेहरुप्रति उनीहरुको तिब्र गुनासो थियो ।
स्वागत सम्मान कार्यक्रममा चुनाव जितेकाहरु धेरै खुसी थिएनन्, उनीहरुको आक्रोश पनि थियो । आफु जित्दा पालिकाको कार्यपालिका हारीरहेको छ । वहुमत हुदा पनि कांग्रेसले कार्यपालिका बनाउन सकेन । ववइ गाउपालिकाको यस्तै अवस्था छ ।
बधाइ तथा सम्मान कार्यक्रममा ववइ गाउपालिकाका अध्यक्ष कुल वहादुर केसीले कांग्रेसमा अनुशासन विभाग कमजोर भएको बताए ।
‘चुनाव हाछु, जित्छु भन्ने अनुमान गरेर कारवाहि प्रक्रियालाइ थाति नराख्नुस, कांग्रेसलाइ बलियो बनाउनु छ भने पार्टिको निर्देशन नमान्ने कांग्रेसलाइ जसरी पनि कारवाहिको दायरामा ल्याउनुस’, ववइ गाउपालिकाका अध्यक्ष केसीले भने । वहुमत सदस्य कांग्रेसको हुंदा पनि आफ्नै पार्टिका निर्वाचित जनप्रतिनिधिहरुले घात गरेपछि ववइ कार्यपालिका एमालेको वहुमतमा बन्यो ।
कांग्रेसबाट चुनाव जितेर सुर्य चिन्ह अर्थात एमालेलाइ कार्यपालिकामा जिताउने हैसियत राख्ने ववइ गाउपालिकाका सवै कांग्रेस जनप्रतिनिधिहरुलाइ थाहा छ । छातिमा हात राखेर कांग्रे रोज वा अन्तै पाटि खोलेर जाउ भन्ने सर्वत्र आवाज उठिरहेको छ ।
किनकि वाह्रै महिना कांग्रेस भएर नेताको घर चाहर्ने र आवस्यक परेको वेला अन्य पार्टिलाइ सहयोग गर्ने ववइका कांग्रेस मुलुकलाइ चाहिएको छैन । त्यहि भएर सवै पालिकाका उपप्रमुख आइरहंदा पनि ववइ गाउपालिकाका उपप्रमुखलाइ स्वागत सम्मान एवं बधाइ दिइएन ।
कांग्रेसमा गुठगत राजनिति त्यो वेला मात्रै हुन्छ, जुन वेला महाधिवेशनको लहर चलिरहेको हुन्छ । तर जनप्रतिनिधि भएर पनि त्यहि अहोदाका मान्छेले कांग्रेसलाइ हराउन पहल गर्छन भने त्यस्ता मान्छेकांग्रेसमा चहिएको छैन भन्ने पनिअभिव्यक्ति स्वागत कार्यक्रममा आएको थियो ।
अव मुलुकमा दुइ तहका चुनावहरु भैरहेका छन् । प्रदेशको चुनाव र संघियचुनाव पनि एक बर्षभित्रै हुन्छन् होला । तर यी दुवै तहका चुनावमा कांग्रेसको नाममा र कांग्रेसको झण्डामुनि बसेर अन्य पार्टिलाइ मत हाल्ने कांग्रेसलाइ कारवाहि गर्न पनि स्थानिय जनप्रतिनिधिहरुले सुझाव दिएका छन् ।
कांग्रेसको आवरणमा रहेर भोट अन्त दिनुभन्दा आवरण भन्दा वाहिरअन्तै पार्टिमा लाग्न पनि घातिहरुलाइ जनप्रतिनिधिहरुले आग्रह गरेका थिए । त्यसकालागी नेपाली कांग्रेस अनुशाशन विभाग जिम्मेवार हुनपर्ने र खुट्टा नकमाउन पनि आग्रह गरिएको थियो ।
रुखमा भोट नहाल्ने कहिल्यै पनि कांग्रेस हुन सक्दैन, स्वार्थपुर्ण राजनिति गर्ने खेमाको नेता जनप्रतिनिधि नभए अन्तै भोट हाल्ने र माग्ने नेता कार्यकर्ताहरुलाइ कारवाहि गर्न पनि बधाइ तथा सम्मान कार्यक्रममा आवाज उठेको छ । कम्युनिष्टहरु असन्तुष्ट भएमा अर्को पार्टि खोलिदिन्छन्, कांग्रेस असन्तुष्ट भएमा कम्युनिष्टलाइ जिताउंदै आएका छन् । यहि धरातलीय राजनिति कांग्रेसमा देखिएको छ ।
द्ध
कांग्रेसको आवरणमा सुर्यलाइ मत दिनेहरुलाइ कारवाहि गर्न पनि जनप्रतिनिधिहरुले आग्रह गरेका छन् । साथै जनप्रतिनिधिहरुले आफुहरुले पार्टिसंगको सहकार्यलाइ अघि बढाउने पनि आश्वासन दिएका छन् । बर्षैभरी कांग्रेसको आवरणमा रहने र चुनावका दिन रुखमा मत नदिने कांग्रेस नेता कार्यकर्तालाइ छानीछानी कारवाहि गर्न पनि सहभागिहरुले बताएका छन् ।
नेपाली कांग्रेस क्षेत्रीय सभापति जगत खड्काको अध्यक्षतामा भएको कांर्यक्रममा निर्वाचन क्षेत्र नंवर तीनका पालिका प्रम्ख, उपप्रमुख, वडा सदस्य, जिसस उपप्रमुख, जिसस सदस्य तथा कार्यपालिका सदस्यहरुलाइ समेत सम्मान गरिएको थियो ।
साथै उनीहरुलाइ नेपाली कांग्रैस संगको समिप्यता र कांग्रेसको निति अनुरुप जनतालाइ सेवा प्रवाह गर्न पनि आग्रह गरीएको थियो ।