देउखुरी, फागुन ३। प्रदेश नम्बर ५ का समाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश नम्बर ५ को स्थापना दिवसलाई फागुन दुई, तिन र चार गते प्रदेशका विभिन्न स्थानमा सरसफाई गरि मनाउने बताएका छन । प्रदेश नम्बर ५ को स्थापना दिवसको अवसरमा दाङको लमही नगरपालिकाद्धारा आयोजित पूर्वपश्चिम लोकमार्ग सफाई अभियान अन्र्तगत कार्यक्रमा बोल्दै प्रदेश नम्बर ५ का समाजिक विकास मन्त्री सुदर्शन बरालले ५ नम्बर प्रदेशलाई स्वच्छ प्रदेशको रुपमा विकसित गर्ने भन्दै, प्रदेश नम्बर ५ अन्र्तगत विभिन्न राजमार्गमा निरन्तर सरसफाई गर्ने बताए । विभिन्न कार्यक्रमको आयोजना अन्र्तगत प्रदशेका विभिन्न राजमार्गहरु स्वच्छ र सफा गरि र स्वच्छ र सफा प्रदेश भनेर प्रदेश नम्बर ५ लाई चिनाउने मन्त्री बरालले भने ।
यस्तै लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले नगरपालिकाको कामलाई प्रदेश सरकारले उत्साहपूर्ण काम गरेको छ भन्दै, लमही नगरपालिका लाई सफा बनाउने अभियान निरन्तर रहेको बताए । नगर प्रमुख केसीले हाम्रो नगर, राम्रो नगर बनाउनका निम्ती अवरत्त्र खटेको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य ईन्द्रजित थारु, सरस्वती गौतम लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासे, नगरका वडाध्यक्षहरु, लमही जेसिज, देउखुरी मोबाइल संघ, नेपाल पुस्तक तथा स्टेशनरी महासंघ, देउखुरी सामुदायिक सेवा केन्द्र, जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालय देउखुरी, सामुदायिक प्रहरी साझेदारी, वडा प्रहरी कार्यालय, शसस्त्र प्रहरी, पृथ्यु कलेज, लमही खानेपानी तथा सरसफाई संस्था, टोल विकास संस्था, स्थानिय, व्यापारी, राजनितिकदल पत्रकार लगाएतको संयुक्त सहभागितामा सरसफाई गरिएको थियो ।