निशुल्क आँखा शिविरपनि सञ्चालन
तुलसीपुर,असार २४ । सामाजिक सेवा भावका साथ गठन भएको तुलसीपुर नगर जेसिजले आफ्ना कार्यहरुलाई गाँउबस्तिसम्म पु¥याउने उद्देश्यका साथ शुक्रवार प्राबि कटाँहामा पानी फिल्टर हस्तान्तरण गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.११ मा रहेको सामुदायिक विद्यालयमा ‘के एन्ड के किचन एप्लाइन्सेस’को सौजन्यमा पानी फिल्टर हस्तान्तरण गरिएको हो ।
तुलसीपुर नगर जेसिज वर्ष २०२२ का अध्यक्ष केशवराज केसीको अध्यक्षतामा भएको कार्यक्रममा वडा न. ११ का वडाध्यक्ष मानबहादुर रावतले तुलसीपुर नगर जेसिजले गरेका योगदानको चर्चा गरेका थिए ।
उनले सामुदायीक विद्यालयले अझैपनि विभिन्न चुनौतीको सामना गर्नुपरेको भन्दै सहजताका लागि स्थानीय तह गम्भिर रहेको बताए ।
कार्यक्रममा नगर जेसिजका पूर्व अध्यक्ष झरेन्द्र खरेलले तुलसीपुर नगर जेसिजले विगतदेखि नै गर्दै आएका विभिन्न कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए ।
प्राबि कटाहका प्रध्यानाध्यापक टंकप्रसाद भण्डारीले अझै अधिकांश सामुदायी विद्यालयहरु बत्ती मूनिको अँध्यारो अवस्थामा रहेको बताए । उनले बिद्यालयको स्तरउन्नतिको बारेमा हालसम्म कसैको ध्यान नगएको भन्दै चिन्ता व्यक्त गरे ।
पत्रकार सर्मिला डिसीले सामाजिक कामहरुलाई निरन्तरता दिर्दै आगामी दिनमा अझै उत्कृष्ट कार्यहरु गर्न सुझाव दिइन ।
पानी फिल्टर हस्तान्तरण कार्यक्रमका सयोजंक एव जेसिजका वर्ष २०२२ का प्रवक्ता छविकुमार वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसिजका कार्यकारी उपाध्यक्ष सन्दिप भुसालले जेसिज आस्था बाचन गरेका थिए ।
त्यसअवसरमा विद्यालयमा निशुल्क आखा जाँच शिबिर पनि सञ्चालन भएको थियो । बन्जाडे आँखा क्लिनिक तुलसीपुरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक,अभिभावकले आँखा जाँच गराएको कार्यक्रमका संयोजक जेसी झग्गुप्रसाद भण्डारीले बताए ।
कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसिज वर्ष २०२२ का महासचिव पुर्णबिक्रम डांगीले गरेका थिए ।