२०८२ चैत्र २ गते सोमवार

‘गाउँबस्तीमा तुलसीपुर जेसिज’

मावी कटाहमा पानी फिल्टर हस्तान्तरण र निशुल्क आँखा शिविर


तुलसीपुर,असार २४ ।
सामाजिक सेवा भावका साथ गठन भएको तुलसीपुर नगर जेसिजले आफ्ना कार्यहरुलाई गाँउबस्ती सम्म पु¥याउने उद्देश्यका साथ शुक्रवार मावि कटाहमा पानी फिल्टर हस्तान्तरण गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा रहेको उक्त विद्यालयमा एक कार्यक्रमको आयोजना गरि के एन्ड के किचन एप्लाइन्सेसको सौजन्यमा पानी फिल्टर हस्तान्तरण गरिएको हो ।


तुलसीपुर नगर जेसिज वर्ष २०२२ का अध्यक्ष केशवराज केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा न. ११ का वडाध्यक्ष मानबहादुर रावतले तुलसीपुर नगर जेसिजले गरेका योगदानको चर्चा गर्दै यस्ता खालका कार्यक्रमहरु बिकटबस्तीहरु पु¥याउन आवश्यक रहेको बताए ।

उनले सामुदायीक विद्यालयहरुले अझैपनि विभिन्न चुनौतीहरुको सामना गर्नुपरेकाले यस तर्फ स्थानीय तह गम्भिर रहेको बताए ।

कार्यक्रममा नगर जेसिजका पुर्व अध्यक्ष झरेन्द्र खरेलले तुलसीपुर नगर जेसिजले विगत देखि नै गर्दै आएका विभिन्न कार्यक्रमहरुका बारेमा जानकारी गराउदै विद्यालयको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनहरु पनि थप सहयोग गर्न सक्ने प्रतिबद्धता जनाए ।

त्यस्तै मावी कटाहका प्रध्यानाध्यापक टंकप्रसाद भण्डारीले अझै अधिकांश सामुदायी विद्यालयहरु बत्ती मुनीको अध्यारो अवस्थामा रहेको बताए । उनले तिनै तहको निर्वाचनको केन्द्र रहेको यस बिद्यालयको स्तरउन्नतिको बारेमा हालसम्म कसैको ध्यान नगएको भन्दै चिन्ता व्यक्त गरे ।

पत्रकार सर्मिला डिसीले सामाजिक कामहरुलाई निरन्तरता दिर्दै आगामी दिनमा अझै उत्कृष्ट कार्यहरु गर्न सुझाव दिइन । पानी फिल्टर हस्तान्तरण कार्यक्रमका सयोजंक एव जेसिजका वर्ष २०२२ का प्रवक्ता छवि कुमार वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसिजका कार्यकारी उपाध्यक्ष सन्दिप भुसालले जेसिज आस्था बाचन गरेका थिए ।


साथै त्यसअवसरमा विद्यालयमा निशुल्क आखा जाँच शिबिर कार्यक्रम भएको छ ।

बन्जाडे आँखा क्लिनिक तुलसीपुरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी,शिक्षक,अभिभावकहरुले आँखा जाँच गराएको कार्यक्रमका संयोजक जेसी झग्गु प्रसाद भण्डारीले बताए ।


उक्त कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसिज वर्ष २०२२ का महासचिव पुर्णबिक्रम डांगीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *