२०८२ बैशाख ११ गते बुधवार

पालिकाभित्रका उत्कृष्ट कृषकलाई सम्मान

तुलसीपुर असार २४ । तुलसीपुर उपमहानगरपालिकाकाले पालिकाभित्रका किसानहरुलाई सम्मान गरिएको छ । पालिकाको पशु सेवा शाखाले एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो । प्रत्येक वडाका एक ÷एक जना पशुपालक किसानहरुलाई सम्मान गरेको हो ।

आर्थिक समितिका संयोजक माधव वलीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि खड्काले अनुदानका नाममा गैह्र किसानहरुले प्राप्त गर्ने प्रवृत्ति बढ्दोक्रममा रहेकाले त्यसलाई पालिकाकोतर्फबाट अनुगमनमा कडाई गर्दै नियन्त्रण गरिने बताए ।

उनले बजारको मागअनुसार उत्पादनमा जोड् दिन आग्रह गरे । कार्यक्रममा प्रमुख अतिथि खड्काले किसानले मासुजन्य वस्तुको उत्पादनका लागि टेवा पु¥याउने उद्देश्यले अत्याधुनिक वधशाला निर्माणका लागि प्रक्रिया बढाइएको बताए ।

कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले कृषकहरुलाई तालिमको व्यवस्थापन र बजारीकरणमा विशेष ध्यान दिइने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिृकत मोहन पौडेलले किसानहरुलाई आवेदनका आधारमा नभई पहिचाहनको आधारमा अनुदानको व्यवस्था गर्दा वास्तविक किसानहरुको समक्ष पुग्ने बताए ।

कार्यक्रममा यमबहादुर कुमाल,सूलोचना डाँगी,टीका पाण्डे,यमबहादुर घर्तीमगर,बकी डाँगी,लक्ष्मी राय,भेगप्रसाद भण्डारी,गोमा गौतम,रुक्मिणा केसी,रत्नबहादुर डाँगी,टेकबहादुर सुनार,दिलबहादुर खड्का, नारायणबहादुर खड्का, दलबहादुर वली, वासुदेव रेग्मी,विमल चौधरी,कविता खत्री, विकास केसी र लालसरी खड्कालाई सम्मान तथा प्रत्येकलाई पाँच हजारका दरले पुरस्कृत गरिएको हो ।

बंगुरपालन,बाख्रा,गाई,भैसीपालक किसानहरुलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा सुशासन समितिका संयोजक धर्म वली, वडा नम्बर १का वडाध्यक्ष हुमकान्त सापकोटा,किसान कुलप्रसाद भण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

पशु शाखाका प्रमुख डा मनोज वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सुवास आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *