२०८० चैत्र १६ गते शुक्रवार

टि–२० क्रिकेटमा शुक्रबार सेमिफाइनल भिड्न्त हुने

लक्ष्मण बस्नेत,
तुलसीपुर दाङ, फागुन २ । स्वर्गिय राज कुमार श्रेष्ठ स्मृति अन्तर विद्यालय स्तरिय टि–२० क्रिकेट प्रतियोगिता २०७५ मा शुक्रबार देखी सेमिफाइनलका खेल सुरु हुदैछन ।

रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा दाङ तुलसीपुरको अरनीको मैदानमा जारी प्रतियोगिता अन्तरगत सुपर फो मा स्थान सुरक्षीत गर्न सफल चार टिम बिच फाइनल यात्राका लागि भिड्न्त हुनेछ ।

विद्यालय स्तरमा क्रिकेट खेलको पहुँच अभिवृद्धी गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको क्वाटर फाइनल खेलमा शसक्त र शानदार प्रर्दशन गर्दै आएका चार टिम मध्य अमर बोर्डिङ स्कुल तुलसीपुर कालाखोला र गोरखा माबि तुलसीपुर विचको पहिलो सेमीफाइनल खेल शुक्रबार विहान ८ बजे हुनेछ ।

त्यस्तै ज्ञानज्योती माबि तुलसीपुर र डिभाईन टेम्पल एकाडेमी तुलसीपुर गोलौरा विच फाइनल यात्राका लागि अन्तिम सेमिफाइनल भिड्न्त दिउसो १ बजे देखी हुने रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष रुपेश शर्माले जानकारी दिएका छन ।

प्रतियोगिताका विजेता हुने टिमले नगद ३० हजार ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले नगद २० हजार ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडी मध्यबाट बेष्ट व्याट्म्यान,वेष्ट बलर,वेष्ट फिल्डर, म्यान अफ सिरीज र राइजिङ प्लेयर लगाएतका विद्यामा पुरस्कृत गरिनेछ । फागुन ४ गते सम्म चल्ने प्रतियोगितामा तुलसीपुर क्षेत्रका १२ विद्यालयको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *