२०८१ चैत्र ९ गते शनिवार

संघीयता विरुद्ध गलत प्रचार हुँदैछ – मुख्य मन्त्री पोखरेल

५ नं. प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले संघीयता विरुद्ध गलत प्रचार र षडेन्त्र हुन थालेको बताएका छन् । थारु पत्रकार संघको सातौं साधारणसभालाई शनिवार घोराहीमा सम्बोधन गर्दै नेकपाका प्रदेश इञ्चार्ज समेत रहेका पोखरेलले संघीयताको अभ्यास परिपक्व नहुँदै यसको विकल्पबारे बहस गर्न थालिएको भन्दै दुःख व्यक्त गरेका हुन । उनले सञ्चार माध्यम पनि संघीयता मन नपराएका मानिसहरुको पछि लागेको आरोप लगाए । ‘जस्ले संघीयताको विरोध गरिरहेको छ सञ्चार माध्यम कुरै नबुझी तीनैको पछि लाग्नु गलत हो ।’ पोखरेलले भने । संघीयताको राम्ररी अभ्यास हुन नपाउँदै गलत प्रचार थालिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘संघीयताको पूर्ण रुपमा कार्यान्वयन हुन नपाउँदै अहिले नै संघीयता असफल बनाउने खालका हल्ला फैलाउनेहरु विरुद्ध सजग हुन जरुरी छ ।’ उनले भने । तर उनले अब कसैले पनि प्राप्त उपलब्धी खोस्न नसक्ने बताए ।

संघीयतापछि आर्थिक विकासको दर बढेको दाबी गरेका उनले करको बारेमा गलत प्रचार गरेर जनताको अधिकार उल्टाउने षड्यन्त्र भइरहेको बताए । ‘तथ्य विना नै संघीयताबारे नकारात्मक प्रचार गर्न थालिएको छ,’– मुख्य मन्त्री पोखरेलले भने ‘प्रदेशमा प्रशासनिक र वित्तीय व्यवस्था राम्रोसंग गर्न नपाउँदै त्यसका विरुद्ध षडेन्त्र सुरु हुनु दुःखद पक्ष हो ।’ तर उनले राजनीतिक रुपमा संघीयता शुरु भएता पनि प्रशासनिक र वित्तीय रुपमा अझै लागु गर्न असहज रहेको मुख्य मन्त्रीले स्वीकार गरे ।

प्रदेशको विकासमा तीब्र प्रतिस्पर्धा भएको दाबी गरेका उनले खुशी जनता बनाउने योजना साथ प्रदेश सरकारले काम गरिरहेको बताए । उनले जनताकै सहभागितामा विकासका काम सुरु गरिएको हुँदा त्यसले खुसी ल्याउने बताए ।

थारु भाषालाई प्रदेशस्तरको भाषा बनाउने आश्वासन दिएका मुख्य मन्त्री पोखरेलले एक कार्यदल बनाएर त्यसको उपयोगिताबारे अध्ययन गरिने बताए ।

मुस्लिम समुदायको पर्वमा सार्वजनिक विदा दिएका मुख्य मन्त्री पोखरेलले थारुहरुको महान पर्व माघीमा भने त्यो विदा दिएनन् । तर उनले माघी पर्वलाई प्रदेशभर उत्सवका मनाउने खालका कार्यक्रम तय गर्ने आश्वासन बाँडेका थिए । कार्यक्रममा थारु समुदायका पत्रकार सहित विभिन्न व्यक्तिहरुलाई पुरस्कार र सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७५ असोज २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *