२०८१ कार्तिक २३ गते शुक्रवार

सल्यानमा १४ बर्षीया बालिकामाथि मध्यरातमा सामुहिक बलात्कार,जाजरकोटका दुई यवा पक्राउ

दाङ, असार २४ । सल्यानकी १४ बर्षीया एक बालिकामाथि जबरजस्ती बलात्कार गरेको अभियोगमा जाजरकोटका दुई युवक पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. २ का २२ बर्षीय रमेश भण्डारी र १९ बर्षीय डिल्ली बस्नेत रहेका छन् ।
भण्डारी र बस्नेतले असार २२ गते राति सल्यान जिल्लाको कुमाख गाँउपालिका वडा नं. १ शान्तिबजार स्थित ठूली आमाको घरमा सुत्न गएकी १४ बर्षीया बालिकालाई मध्य रातिमा जबरजस्ती बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।


पीडितकी दिदी साथीको घरमा गएको मौका छोपी ढोका खुल्लै रहेको समयमा असार २२ गते राति ११ बजेतिर भण्डारी र बस्नेत घर भित्रै प्रबेश गरि मुख कपडाले छोपी ज्यान मार्ने धम्की दिएर जबरजस्ती बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ ।
बालिकाले मरेको नाटक गरेपछि उनीहरु मध्य रातमै भागेका थिए ।

त्यसपछि घटनाबारे पीडित बालिकाले हारगुहार माग्दै ठूली आमालाई बताएकी थिइन । लगतै ठूली आमाले बिहीबार बिहान साढे २ बजे प्रहरीलाई घटनाबारे सूचना दिएकी थिइन । तर, पीडित बालिकाले बलात्कारमा संलग्न दुबै जनालाई चिन्न सकिनन् ।
राति नै प्रहरी परिचालन भएपनि आरोपित भागि सकेका थिए ।

घटनास्थल दुई जिल्लाको सीमाना स्थल रहेको हुँदा उनीहरु जाजरकोट पुगेको डिएसपी खड्काले बताए ।


मध्य रातमा घर भित्रै घुसेर अज्ञात समुहद्धारा बालिकामाथि सुतिरहेको समयमा जवरजस्ती बलात्कार गरेको भन्ने सूचना पाएको प्रहरीले अनुसन्धान गर्ने क्रममा पीडितकी दिदीलाई सोधपुछ गर्दा उनैले बिहान जाजरकोटका भण्डारी र बस्नेतलाई शान्तिबजारमा देखेको बताएकी थिइन । त्यसैका आधारमा आशंका गरि जाजरकोट प्रहरीसंग सल्यान प्रहरीले सहयोग मागेको थियो ।

पहिला भण्डारीलाई पक्राउ परेपछि उनले घटना स्वीकार्दै बस्नेतको पनि संलग्नता बताएपछि दुबै जना पक्राउ परेका थिए ।
बलात्कारमा संलग्न युवाहरु पीडित बालिकाको दिदीका साथीहरु रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।


भण्डारी र बस्नेतलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न शुक्रबार जिल्ला अदालतबाट पाँच दिन म्याद थप भएको छ ।

प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *