२०८२ चैत्र २ गते सोमवार

महिलालाई अभद्र व्यवहार गरेको उजुरी परेपछि दाङका पत्रकार गणेश आचार्य काठमाडौंमा पक्राउ

काठमाडौं, २४ असार ।
एक महिलाले अभद्र ब्यवहारसम्बन्धी प्रहरीमा उजुरी दिएपछि दाङका पत्रकार गणेश आचार्य काठमाडौंमा पक्राउ परेका छन् ।
नेकपा एमाले निकट प्रेस चौतारी नेपालका दाङ जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य आचार्यविरुद्ध एक महिलाले बिहीबार अभद्र व्यवहार गरेको भन्दै प्रहरी वृत्त स्वयम्भुमा उजुरी दिएपछि आचार्य पक्राउ परेका हुन् ।

प्रहरी वृत्त स्वयम्भुका प्रहरी निरीक्षक हेमन्त थापाले उजुरी दिने महिला को हुन् ? भन्ने बारेमा कुनै कुरा खुलाउन चाहेनन् ।
स्रोतका अनुसार उजुरी दिने महिला सशस्त्र प्रहरीको दर्जाबिहीन कार्यालय सहयोगी महिला रहेका बताइएको छ । उनी खेलाडी पनि हुन् । ती विवाहित महिला हुन् ।

‘विगत लामो समयदेखि पत्रकार आचार्यले आफूमाथि अभद्र व्यवहार गर्दै आएको भन्ने कुरा पीडितको जाहेरीमा उल्लेख छ’ थापाले भने ‘ त्यही जाहेरीका आधारमा आचार्यलाई पक्राउ गर्नुपरेको हो ।’

शुक्रबार बिहान १० बजेपछि प्रहरी हिरासतमा रहेका आचार्यलाई म्याद थपका लागि पठाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । म्याद थपपछि घटनाबारे थप अनुसन्धान हुने प्रहरी निरीक्षक थापाले बताए ।

प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *