दाङ,असार २३ । बाँकेमा डुेवेर बेपत्ता भएका युवकको शव भेटिएको छ ।
बुधबार राप्ती नदीमा नुहाउने क्रममा राप्ती गाउँपालिका ५ गोरधुईका २६ बर्षीय नर बहादुर कामी बेपत्ता भएका थिए ।
बेपत्ता युवकको शव विहिबार बिहान साढे ११ बजे राप्ती सोनारी गाउँपालिका ६ स्थित राप्ती नदीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
बेपत्ता युवको शव खोजी कार्य गर्नका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानिय बासीहरुको सक्रियतामा दुई दिन पछि युवकको शव फेला परेको हो ।
युवकको शव प्ररीक्षणका लागि नेपालगन्ज भेरी अस्पतालमा लग्ने तयारी भएको बाँके प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार
