दाङ,असार २३ । घाेराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाकाे आसन्न निर्वाचनमा नेकपा एकीकृत समाजवादीले देवीबहादुर डिसी (देवी वकिल) काे नेतृत्वमा रहेकाे गठबन्धनको प्यानललाई समर्थन गरेकाे छ ।
आज बिहीबार एक विज्ञप्ति जारी गरी नेकपा एसले यही असार २५ गते सम्पन्न हुन गइरहेकाे निर्वाचनमा गठबन्धनकाे प्यानललाई समर्थन गर्ने जनाएकाे हाे । यसअघि नेकपा एमालेले नेतृत्व गरेकाे संयुक्त प्यानललाई समर्थन गरेकाे अफवाह फैलाइएकाे भए पनि नेकपा एसले गठबन्धनको प्यानललाई समर्थन गरेकाे नेकपा एसले बताएकाे छ ।
देवीबहादुर डिसी (देवी वकिल)ले नेतृत्व गरेकाे गठबन्धनकाे प्यानलमा नेपाली काङ्ग्रेस , नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमाेर्चा समन्वय समिति र नेकपा एकीकृत समाजवादीकाे गठबन्धन रहेकाे छ ।
प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार