दाङ, असार २३ । बुधबार बिहान राप्ती नदीमा डुबेर बेपत्ता एक युवकको खोजी कार्य बिहीबार पनि जारी रहेको छ ।
बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. ५ का २६ बर्षीय नरबहादुर कामी बुधबार बिहान साढे ९ बजेतिर नुहाउने क्रममा राप्ती नदीमा डुबेर बेपत्ता भएका थिए ।
घाँस काट्न स्थानीय जंगलमा गएका कामी घर फर्किने क्रममा गर्मी भएको भन्दै नुहाउन भनेर राप्ती नदीमा पसेको भएपनि फर्कन नसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी मधुसुदन न्यौंपानेले बेपत्ता कामीको खोजी कार्य जारी रहेको जानकारी दिए ।
प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार