२०८१ कार्तिक २३ गते शुक्रवार

तुलसीपुरले ग¥यो पुर्णखोप सुनिश्चतता दिगोपना घोषणा

तुलसीपुर,असार २२ । तुलसीपुर उपमहानगरपालिकाले पुर्णखोप सुनिश्चतता र दिगोपना पालिका घोषणा गरेको छ ।

पुर्ण खोप सुनिश्चितता,हाम्रो प्रतिबद्धता,खोप सुरक्षित भविष्य भन्ने मुल नाराका साथ बुधवार एक कार्यक्रमका बिच तुलसीपुरलाई पुर्णखोप सुनिश्चतता र दिगोपना पालिका घोषणा गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपाध्यक्ष चेतना चौधरीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि चौधरीले खोप सेवा आधारभुत स्वास्थ्य सेवा भित्रको महत्वपुर्ण रहेको बताउँदै खोपलाई अमुल्य मान्नुपर्ने बताइन ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले अहिले पनि ५० प्रतिशत नागरिक उपचारका लागि बाहिरी जिल्ला जाने गरेको बताउँदै जिल्लाबाटै भरपर्दो सर्वशुलभ सेवा दिन सके कोही व्यक्ती बाहिरी जिल्ला रिफर हुनु नपर्ने बताइन।

त्यसका लागि जिल्लाका स्वाथ्यकर्मीहरुले विषेश ध्यान दिन जरुरी रहेको उनले बताइन ।

त्यस अवसरमा जनस्वास्थ्य निरिक्षक बिमल केसीले यस वर्ष १६ देखि २३ वर्ष उमेर समुहका शतप्रशित बालबालिकाले पुर्णखोप लगाएको बताए ।

उनका अनुसार यसवर्ष तुलसीपुरमा २२ सय ५ जना बालबालिकाले पुर्णखोप लगाएका छन ।

उपमहानगरपालिका भित्र रहेका ८ वटा स्वास्थ्यचौकी,११ वटा नगरस्वास्थ्य केन्द्र,१ वटा नगरअस्पताल भिमशेन मेट्रो अस्पताल,१ प्रादेशिक अस्पताल लगाएतका स्वास्थ्य संस्थाबाट खोप प्रदान गरि अभियान सम्पन्न गरिएको केसीले बताए ।

उनका अनुसार हरेक वर्ष बैशाख महिनामा गर्नुपर्ने यो कार्यक्रम यसवर्ष प्राविधिक कारणले केहि समय ढिलागरि पुर्णखोप सुनिश्चतता दिगोपना पालिका घोषणा गरिएको हो

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अगंतबहादुर शाहीले पुर्णखोप घोषणा राष्ट्रिय अभियान भएकोले पालिका,जिल्ला हुदै लुम्बिनी प्रदेशलाई पुर्णखोप घोषणा गर्ने लक्ष्यका साथ आफुहरु अघि बढेको बताए ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरिक्षक बिमल केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *