२०८१ कार्तिक २३ गते शुक्रवार

प्यूठानमा चट्याङ लागेर घाइते भएका दुई बालकको मृत्यु

प्यूठान,असार २१ । सोमबार राति परेको चट्याङ लागेर घाइते भएका ऐरावती गाउँपालिका–६ बिजुलीकोटका दुई बालकको मृत्यु भएको छ ।

चट्याङ लागेर घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको र उनीहरूको उपचारकै क्रममा मृत्यु भएको जिल्ला अस्पताल प्यूठानलाई उद्दृत गर्दै ऐरावती गाउँपालिका अध्यक्ष नबिलविक्रम शाहले जानकारी दिए ।

मृत्यु हुनेमा ऐरावती गाउँपालिका–६ का ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेका छन् । चट्याङ लागेर ऐरावतीको वडा न–६ का ६ जना र वडा नं-१ का ४ जना घाइते छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार हुँदै छ ।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *