२०८३ भाद्र ३० गते मङ्गलवार

सिद्धबाबा दर्शनमा आएका भारतीय युवकको मृत्यु

बुटवल,असार २० । रुपन्देहीमा तिनाउ खोलाले बगाउँदा एक जना भारतीय युवकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन ।

पाल्पास्थित सिद्धबाबा मन्दिर दर्शन गर्न आएका दुई जना भारतीय युवक पौडी खेल्ने क्रममा तिनाउमा डुबेका थिए। भारतको यु.पि. दोहरिया गोखरपुरबाट ६० जनाको समूहमा उनीहरु आइतबार नेपाल घुम्न आएका थिए।

समूहमै सिद्धबाबाको दर्शनकालागि गएका मध्ये केही युवा तिनाउ खोलामा पौडी खेल्न गएका थिए। मन्दिर दर्शनपछि पाल्पाको तिनाउ गाउँपालिका ३ झोलुङ्गे पुलस्थित तिनाउ खोलामा पौडी खेल्दा दुई जनालाई बगाएको थियो। बगाएका मध्ये एक जना आज (सोमबार) मृत भेटिएका छन्।

अर्का एक जना वेपत्ता छन्। भारतको यु.पि. दोहोरिया गोरखपुरका १८ वर्षीय नन्दकुमार निसाद सोमबार मृत अवस्थामा बुटवल १९ को लाफाचौरस्थित तिनाउ किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

सोही स्थानमा १८ वर्षका सनिकुमार अझै फेला परेका छैनन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ असार २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *