तुलसीपुर,असार २० । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बबई गाउँपालिका वडा न. ६ खिलतपुरका ४५ वर्षीय लाल बहादुर नेपाली रहेको प्रहरीले बताएको छ ।
नेपालीलाई सोमबार बिहान साढे ९ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मदनआश्रृत चोक स्थित बलराम डाँगीको निर्माण हुदै गरेको घरको लागि रड काट्ने क्रममा करेन्ट लागेको र राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएका डिएसपी अर्यालले जानकारी दिए ।
अहिले मृतकको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमाटमका लागि राखिएको छ ।
प्रकाशित मिति : २०७९ असार २० गते सोमवार