रुकुम पूर्व,असार २० । सोमवार बिहान ठूलो ढुङ्गा खसेर लाग्दा रुकुम पूर्वको सिस्ने गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा क्षति पुगेको छ ।
कार्यालयभन्दा माथिबाट खसेको ढुङ्गा कार्यालयमा आउँदा वडा कार्यालयको बैठक हलको दुईतर्फको भित्ता भत्किएको छ ।
वडाअध्यक्ष हेराम खड्काले ढुङ्गाले गेट भत्काएर वडा कार्यालय समेत क्षति गरेको बताए । उनले माथिबाट आएको ढुङ्गाले पक्की भवन रहेको कार्यालयको बैठक कक्षको दुवै तिरको भित्ता फोडेको जानकारी दिए ।
ढुङ्गाले गेट, दुई तिरको भित्ता, बैठक कक्षमा भएका कुर्सी, तारबार लगायतमा क्षति गरेको छ । दुई वर्षअघि निर्माण गरिएको एक तले वडा कार्यालयमा चार वटा कोठा रहेका छन् ।
प्रकाशित मिति : २०७९ असार २० गते सोमवार
