२०८२ चैत्र २ गते सोमवार

रुपन्देहीमा हतियार सहित ३ जना पक्राउ


बुटवल ,असार २० । रुपन्देही प्रहरीले आईतबार राती लुम्बिनी क्षेत्रबाट हतियार सहित ३ जनालाइ पक्राउ गरेको छ ।

आईतबार राती साढे ८ बजे इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीबाट प्रहरी निरीक्षक युवराज जंग कार्कीको कमाण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेकोहो ।

युपी ५५ एडी ०६८४ नम्बरको मोटर साईकल शंका लागी पिछा गर्दै जाने क्रममा लुम्विनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ बसपार्क नजिक मोटसाईकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिई दुर्घटना भएको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेमा भारत जिल्ला सिद्दार्थनगर बस्न ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, सोही ठाउ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेद पौडेलले जानकारी दिए ।

पक्राउ परेकाहरु मध्येबाट मोटरसाईकल चालक चिनक भनिने मेदि हुसेनको दाहिने कम्मरपेटिबाट कालो प्लास्टिकको झोला भित्र एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको २ राउण्ड गोली र चक्कु १ थान फेला परेको प्रहरीको भनाई छ ।

मोटरसाईकल दुर्घटनामा परि तीनै जना घाईते भएकोले उनीहरुलाई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाईएको पौडेलले बताए ।

मोटर साईकलले ठक्कर दिएको गोरुको घटनास्थलमै मृत्यू भएको छ । निजहरुको सम्बन्धमा अन्य थप अनुसन्धान भई रहेको उनले बताए ।

प्रकाशित मिति : २०७९ असार २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *