२०८२ चैत्र २८ गते शनिवार

तुलसीपुरका सुन्दर र सञ्तोष ब्राउन सुगरसहित पक्राउ परे


तुलसीपुर, असार १९ । तुलसीपुरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का २६ बर्षीय सुन्दर नेपाली र ३० बर्षीय सञ्तोष नेपाली आइतबार दिउँसो साढे ३ बजेतिर वडाको राजापुरबाट पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायव निरीक्षक प्रमाद भण्डारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट ३ सय २० मिलीग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु माथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *