२०८१ कार्तिक १९ गते सोमवार

नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई धम्काउने मिलन मगर पक्राउ

दाङ, असार १९ । नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई आतंकित तुल्याउने मिलन मगर पक्राउ परेका छन् ।

इलाका प्रशासन कार्यालय परिशरमा सर्वसाधारणलाई पेस्ताले देखाएर आतंकित पारेको भन्ने गुनासोको आधारमा दंगीशरण गाउँपालिका वडा नं. ५ का २० बर्षे मिलन मगरलाई प्रहरीले आइतबार बेलुका साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को इलाका प्रशासन कार्यालयको सम्मुखबाट पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक बखतबहादुर साहीको नेतृत्वको टोलीले मगरलाई केराबारी रेष्टुरेण्ट नजिकबाट नियन्त्रणमा लिएको हो ।

मगरको साथबाट बरामद भएको पेस्तोल नक्कली रहेको पुष्टि भएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

मगरलाई थुनामा राखेर थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले बताए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरदेखि इलाका प्रशासन कार्यालय झन्डै दुई सय मिटर दक्षिणमा पर्छ ।

प्रकाशित मिति : २०७९ असार १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *