२०८१ कार्तिक २३ गते शुक्रवार

घोराही खानेपानी निर्वाचन ः राजमोको समर्थन गठबन्धनलाई

दाङ,असार १९ । घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा राष्ट्रिय जनमोर्चा समन्वय समितिले कांग्रेस माओवादीको गठबन्धनलाई समर्थन गर्ने भएको छ ।

राजमोसँगै अब देबी बहादुर डिसी नेतृत्वको प्यानल तीन दलीय गठबन्धनको संयुक्त प्यानल बनेको छ ।

यसअघि राष्ट्रिय जनमोर्चा समन्वय समितिले एकल उम्मेदवारी दर्ता गरेको थियो । राजमोका तर्फबाट अध्यक्षमा रामबहादुर घर्ती मगर र महिला सदस्य पदमा बसन्ता कुमारी भट्राईले उम्मेदवारी दर्ता गराएका थिए ।

आज आइतबार गठबन्धनका दुई दल कांग्रेसरमाओवादी र राजमो बिच भएको छलफलका क्रममा राजमोले आफ्ना उम्मेदवारहरुको उम्मेदवारी फिर्ता लिने र गठबन्धनमा सामेल हुने सहमती बनेको हो ।

कांग्रेस , माओवादी र राजमोले संयुक्त बिज्ञप्ती जारी गर्दै राजमोले उम्मेदवारी फिर्ता लिँदै गठबन्धनका तर्फबाट देबीबहादुर डिसी नेतृत्वको प्यानललाई समर्थन गर्ने सहमति बनेको जनाईएको छ ।

साथै राजमोलाई सम्मानजनक सहभागीता गराईने पनि छलफलमा सहमति बनेको छ । गठबन्धनका तर्फबाट बरिस्ठ उपाध्यक्षमा भरतमणि पाण्डेय, महिला उपाध्यक्षमा हेमन्ती कुमारी पुन , सचिवमा धर्मेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा ध्रुव केसीको उम्मेदवारी रहेको छ । महिला सदस्यमा

खुमा कुमारी खड्का, बिन्दु पाण्डे, यशोदादेवी पाण्डेको उम्मेदवारी रहेको छ । खुला सदस्यमा किशोर कुमार आचार्य, दिनेश ओली, युवराज आचार्यको उम्मेदवारी रहेको छ।

विज्ञप्तिमा कांग्रेसका तर्फबाट क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्का, माओवादी केन्द्रका तर्फबाट सचिव बिश्वराज आचार्य र राजमोका तर्फबाट कोषाध्यक्ष लीलाबहादुर पुन (लालध्वज) को संयुक्त हस्ताक्षर छ ।

प्रकाशित मिति : २०७९ असार १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *