२०८३ असार २७ गते शनिवार

लायन्स क्लव अफ दाङको अध्यक्षमा भोजराज न्यौपाने

तुलसीपुर,असार १८ । लायन्स क्लव अफ दाङको अध्यक्षमा भोजराज न्यौपाने चयन भएका छन । उनी वर्ष २०२२÷०२३को लागि अध्यक्षमा चयन भएका हुन ।

न्यौपाने सहित निर्विरोध चयन हुने पदाधिकारीहरुलाई शनिवार तुलसीपुरमा एक कार्यक्रमका बिच डिष्ट्रिक ३२५ बि टु एरिया गर्भनर बिनोद कुमार श्रेष्ठले पद हस्तान्तरण गराएका हुन ।

त्यस्तै क्लवको वरिष्ठ उपाध्यक्षमा लायन भागवत घिमिरे,प्रथम उपाध्यक्षमा बिनिल केसी,द्धितिय उपाध्यक्षमा लोकबहादुर विष्ट,तृतिय उपाध्यक्षमा सिमा गैरे,सचिवमा पुर्णबहादुर भण्डारी,कोषाध्यक्षमा गोरख वलि,सहसचिवमा सन्दिप भुसाल,सहकोषाध्यक्षमा कोमल डांगी चयन भएका छन ।

त्यस्तै क्लवको मेम्वरसिप सियरपर्सनमा सुमन डांगी,क्लव एलसिआइएफ कोडिनेटरमा केशवराज गिरी,क्लव सर्भिस चियरपर्सनमा पुर्णबिक्रम डांगी,क्लव डाइरेक्टरमा झरेन्द्र खरेल,क्लव मार्केटिङ कम्युनिकेसन चियरपर्सनमा सालिकराम वलि चयन भएका छन ।

प्रकाशित मिति : २०७९ असार १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *