दाङ, असार १८ । लुम्बिनी प्रदेशसभा सदस्य विमला वली व्यक्तिगत लेनदेनको कुरालाई लिएर अरुको घरमा जानु गल्ती भएको निष्कर्ष छानविन समितिले निकालेको छ ।
जेठ ३१ गते बिहान तत्कालिन लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वली वाइसियलका नेता एकराजको बस्नेतको दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ आलुमण्डी नजिकै रहेको घरमा गएर उनकी श्रीमती मीनासहित साढे तीन बर्षीया छोरीमाथि दुब्र्यबहार गरेकी थिइन ।
मीनाले आँफुमाथि बिमलाले एकराज खै भन्दै कुटपिट गरेको घटना लगतै बताएकी थिइन ।
त्यो छानविन गर्न लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संञ्चार मन्त्री तिलकराम शर्मा संयोजक रहेको तीन सदस्य छानविन समिति बनेको थियो । उक्त छानविन समितिमा कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती र प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेका थिए ।
उक्त समितिले तयार पारेको प्रतिबेदन संयोजक शर्माले शनिबार मुख्यमन्त्री कार्यालय पुगेर आफ्नो प्रतिबेदन मुख्यमन्त्री कुलप्रशाद केसीलाई बुझाएको हुन ।
समितिका संयोजक तथा मन्त्री शर्माले राज्य मन्त्री वली अनाधिकृतरुपमा अरुको घरमा जानु कमजोरी गरेको ठहर भएको बताए ।
मर्यादा बिर्सेर व्यक्तिगत लेनदेनको पंैसा उठाउन अरुको घरमा पुगेर झैंझगडामा उत्रने गल्ती राज्यमन्त्री वलीबाट भएको प्रतिबेदनको निष्कर्ष रहेको शर्माले बताए ।
मुख्यमन्त्री केसीले पनि प्रतिबेदन बुझेपछि राज्यमन्त्री वलीबाटै प्रारम्भिक रुपमा कमजोरी देखिएको र प्रतिबेदनको अध्ययन पछि मात्रै सरकार र पार्टीले आवश्यक कदम चाल्ने जानकारी दिए ।
त्यस्तै उनले वलीलाई फसाउन पूर्व तयारी वा योजना थियो कि भन्ने आशंका ब्यक्त गरे ।
वली नेपाल कम्युष्टि पार्टीबाट दाङको क्षेत्र नं. ३ (ख) बाट उपनिर्वाचितमा निर्वाचित भएकी थिइन ।