२०८३ भाद्र १२ गते शुक्रवार

खानेपानी मुहान क्षेत्रमा उत्खनन् बारे उपभोक्ताको विरोध

सरकारी निकाय जवर्जस्त स्वीकृति दिने प्रक्रियामा


तुलसीपुर, असार १८ । जिल्लाबासीले नचाहंदा नचाहंदै मुलुक जनप्रतिनिधि विहिन भएको अवस्थामा झुक्याएर जिल्लाका घनाबस्तीमा दुइ वटा सिमेन्ट उद्योग सन्चालनमा आए । त्यसपछि विरोध गर्दापनि अरु चारवटा सिमेन्ट उद्योगहरु आए ।

यी सवै उद्योगलाइ स्वीकृति दिने कुनै वेला स्थानिय कर्मचारी प्रशासन थियो भने अहिले जनप्रतिनिधिहरुले समेत मिलोमतोमा फेरी जिल्लालाइ काकाकुल गराउने कम्पिनीहरु काम गर्ने प्रक्रियामा छन् ।

तुलसीपुर उपमहानगरपालिका—५ मा रहेको भनिएको यो प्रालिको कुनै कार्यालय पनि छैन । र यसका आधिकारीक लगानीकर्ताको नाम समेत खानी तथा भुगर्भ विभागले गोप्य राखेको छ । कारण यहांका मात्र नभएर जिल्ला वाहिरका खानी माफियाहरुको पनि यसका संलग्नता हेको हुन सक्ने तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संथाले पत्रकार सम्मेलनमा जनाएको छ ।

तुलसीपुर—५मा रहेको यो प्रालि कसको हो भन्ने जान्न चाहे जोसुकैले पनि सुचनाको हक प्रयोग गर्न सक्ने संबैधानिक व्यवस्था छ, तर यसमा खानेपानी संस्था समेत चुकेको देखिएको छ ।

यहांको भुगर्म अध्ययनको रिपोर्ट विना, नागरीकको सहभागिता विना, स्थानिय सरकारको आधिकारीक स्वीकृति विना खानी विभागले तुलसीपुर खानेपानीको मुहान क्षेत्रमा कम्तिमा ८ किलोमिटरको परीधिमा चुनढुंगा उत्खनन्को अन्तिम स्वीकृति दिन लागेको छ ।

स्थानिय सरकारलाइ संबन्ध नराखी खानी विभागले वन विभागलाइ निर्देशनदिएसंगै जिल्ला हेडक्वाटर भनिने डिभिजन वन कार्यालय दाङ र सव डिभिजन वन कार्यालयले त्यसको स्थलगत अनगुमन गरी तथ्यगत विवरण पेसगर्ने अन्तिम तयारी भएको छ ।

सायद व्युरोक्रेसिको यो संयन्त्रले दाङ जिल्लालाइ काकाकुल बनाउने गरी हेडक्वाटरले भनेजस्तै निर्देशनमा अनुुरोध अनुसारको प्रतिवेदन पेस गर्ने छ ।
तुलसीपुर खानेपानी मात्र होइन, सुनगाभा माइन्सको क्षेत्र राम्रीको ८ किमिको परीधिमा छ ।

यसले अमृतपुर खानेपानी र वेलझुण्डि खानेपानीलाइ पनि मुहान जोगाउन मस्कील हुने छ । अर्थात यी क्षेत्रका चुनढुंगा उत्खनन् गरीए तुलसीपुर पुरै काकाकुल हुने छ । वोतल र जारका पानी खान तुलसीपुरबासी बाध्य हुने छन् ।

धारामा एक महिना भलको पानी आउला तर त्यसपछि सवै मुहान चुनढुंगा उत्खनन् पछि सुक्ने छन् ।
तुलसीपुर खानेपानीको सेवा क्षेत्र दिनदिनै बढिरहेको अवस्थामा बजार हल्लाका आधारमा नवनिर्वाचित कार्यसमितिले यो उत्खनन् रोक्न खानीतथा भुगर्भ विभागलाइ ध्यानाकर्षया पनि गरायो ।

खानेपानी संस्थाकै पहलमा त्यहांको सामुदायिक वन क्षेत्र र सरकारी वन क्षेत्र संग पनि समन्वयको अवस्था सृजना भयो । सवैले त्यसको विरोध गरीरहंदा पनि व्युरोक्रेसिले काम रोकेको छैन ।

पछिल्लो समयमा खानी तथा भुगर्भ विभागले तुलसीपुरको उत्तरी क्षेत्रमा चुनढुंगा उत्खननका सवालमा अन्तिम वातावरणिय प्रतिवेदन लिनकालागी डिभिजन वन कार्यालय घोराहीलाइ पत्राचार गर्यो ।

घोराही डिभिजन वन कार्यालयले तुलसीपुरको सवडिभिजन वन कार्यालयलाइ आवस्यक वातावरणिय प्रभाव अध्ययन गरी प्रतिवेदन दिन लिखित पत्राचार गर्यो ।

अन्ततः खानी क्षेत्रमा उत्खनन् रोक्नुको साटो सरकारी निकायहरु तुलसीपुरको यो क्षेत्रमा उत्खनन्को लाइसेन्स दिने अभ्यासमा जुटिरहेका छन् ।

चुनढुंगा उत्खनन्का हरेक अभ्यासहरु यसरीनै व्युरोक््ेसीलाइ प्रयोग गरी हुदै आएका छन् । तर त्यसको प्रत्यक्ष भागीदार नागरीक हुन्छन् । चुनढुंगा उत्खनन् रोक्नकालागी दिगो विकाश परीकल्प्ना आवस्यक छ । तर त्यसका प्रस्तावना कुनैपनि राज्यले खोज्दैन ।

तुलसीपुर उपमहानगरपालिकालाइ काकाकुल बनाउने योजनाका सन्दर्भमा समेत तुलसीपुर उपमहानगरपालिका र संबन्धित वडा कार्यालय केहि बोलिरहेका छैनन् ।

यसले तुलसीपुरको समृद्धिलाइ ठुलो धक्का दिने सर्वसाधारणले समेत स्वीकार गरेका छन् ।
सरकारी संयन्त्रबाट सायद राम्री क्षेत्रमा केहि महिनामै चुनढुंगा उत्खनन्को लाइसेन्स स्वीकृत हुने छ । तर यसलाइ रोक्न खानेपानी संस्थाको जोडवलले मात्रै पुग्दैन । असारे झरीमा तुलसीपुर खानेपानी संस्थाले मिडियाकर्मिलाइ जुटाइरहंदा अव यसको विरोध सर्वध हुनुपर्छ भन्ने सवैको साझा मुद्धा हो ।

संस्थाको चिन्ता
यसै सन्दर्भमा तुलसीपुर खानेपानीतथा सरसफाइ उपभोक्ता संस्थाले शनीवारको भरीबीच पत्रकार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षतामा भएको पत्रकार अन्तरक्रिया कार्यक्रममा संस्थाका सचिव तुलसीपुर खानेपानीको मुहान जोगाउनु संस्थाको अभियानमा सवैले साथ दिन आग्रह गरे ।

त्यसमा मिडियाकर्मिको अहम भुमिका हुने भन्दै यो कार्यक्रम जवर्जस्त रुपमा आयोजना गरिएको बताए ।

कार्यक्रममा संस्थाका सचिव भण्डारीले पानीको मुहान जोगाउने अभियानमा सवैको साथ र सहयोगको अपेक्षा पनि गरे । त्यसैगरी तुलसीपुर खानेपानी संस्थाको नयां कार्य समितिले ववइ लिफ्टिङ आयोजनाको सुरुआत संगै आम तुलसीपुरबासीलाइ पानी पुराउन कटिवद्ध रहेको बताए ।

सो अवसरमा संस्थाका अध्यक्ष यमकान्त भण्डारीले तुलसीपुर खानेपानीको मुख्य मुहान उत्तरी क्षेत्रमा रहेको भन्दै उत्तरी क्षेत्र उत्खनन्का सन्दर्भमा कसैले पनि आंखा नलगाउन चेतावनी दिए ।

‘यदि राज्यले हाम्रो मुहान सुकाउने गरी चुनढुंगा उत्खनन्को स्वीकृति दियो भने हामी तोडफोडको आन्दोलनमा समेत उत्रने छौं, किनकि हामी तुलसीपुरलाइ काकाकुल बनाउन चाहन्नौं ।’ यसमा आम सन्चारजगत पोजेटिभ भएर लाग्न पनि उनको सुझाव थियो ।

तुलसीपुरको उत्तरी श्रृंखलामा यसरी विधि अनुरुप उत्खनन्को प्रक्रिया अघि बढिरहेको सन्दर्भमा पनि तुलसीपुर उपमहानगरपालिका भने वेखवर छ ।

तुलसीपुर खानेपानीले वडा कार्यालय, तुलसीपुर उपमहानगरपालिकाको कार्यालय, उत्खनन् हुने सामुदायिक वन उपभोक्ता समुह, सव डिभिजन वन कार्यालय तुलसीपुर लगायतलाइ लिखित पत्राचार गरेपनि उत्खनन्को प्रक्रिया भने निरन्तर जारी रहेको छ ।

खानी तथा भुगर्भ विभागका निर्देशक यहिं दांङकै भएपनि उनले यस क्षेत्रको जलक्ष्श्रोतको यथार्थ विवरण नलिइ तथा स्थानिय सरकारको आशय नै नबुझेर प्रक्रिया अघि बढाउन निर्देशन दिइरहेको अवस्थाले तुलसीपुर क्षेत्रमा खानेपानीको गम्भीर संकटको निम्तो दिइरहेको छ ।

यसले तुलसीपुर खानेपानी मात्रै होइन, अमृतपुर खानेपानी तथा वेलझुण्डि खानेपानीलाइ समेत प्रत्यक्ष असरपार्ने छ ।

किनकि रामी क्षेत्रको ८ किलोमिटर परीधिमा उत्खनन् स्वीकृत भयो भने यसको असर पुरै तुलसीपुर उपमहानगरपालिकाका उत्तरी महाभारत श्रंखलामा पर्ने छ ।

प्रकाशित मिति : २०७९ असार १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *