२०८२ चैत्र १ गते आइतवार

दाङमा खाल्डोमा डुबेर बालिकाको मृत्यु

दाङ,असार १७ । दाङमा खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

लमही नगरपालिका ८ निवासी रीना रावतकी ४ वर्षीया छोरी रेश्मा रावतको शुक्रबार खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गढवा गाउँपालिका-१ रङसिङ खोलास्थित पुल निर्माण हुँदै गरेको स्थानमा पानी जमाउनका लागि निर्माण गरिएको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

रीनाका श्रीमान् उक्त स्थानमा काम गर्दै आएको र श्रीमान् भेट्न गएको समयमा कपडा धुन र नुहाउन गएको बेला पानी भएको खाल्डोमा डुबेर रेश्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *