२०८३ भाद्र ३० गते मङ्गलवार

भरतीय जंगलमा एक नेपालीको गोली हानी हत्या


दाङ, असार १७ । भारतीय जंगलमा एक नेपालीको गोली हानी हत्या भएको छ ।

बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. ३ बनकट्टा गाउँका ५४ वर्षीय हेमराज गोडियामाथि बिहीबार राति ९ बजे भारतीय जंगल मुर्तीहामा गोली प्रहार भएको थियो ।

गोडिया एक्लै सीमाबर्ती भारतीय जंगलमा निगुरोको साग टिप्न गएका थिए ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी सूर्यप्रकाश सुबेदीले गोली कस्ले हान्यो भन्ने खुल्न नसकेको बताए ।

गोडियाको दाहिने खुट्टाको तिघ्रानेर गोली लागेको र अत्यधिक रक्तश्राबका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली लागेपछि घाइते गोडिया आँफै भाग्दै गाँउसम्म आएका थिए । घर नजिकै आएपछि छोरा अंगतलाई बोलाएका थिए ।

मानिसहरुले बोकेर घर पु¥याएको र एम्बुलेन्स राखेर जिल्ला अस्पताल गुलरिया पु¥याएउँदा राति ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेको डिएसपी सुबेदीले जानकारी दिए ।

आफन्तले शब पोष्ट मार्टम पछि शुक्रबार बुझेर लगेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *