दाङ, असार १७ । प्रहरीले नेपालगञ्जस्थित जमुनाहा नाकाबाट एक करोड मूल्य बढीको अफिमको दाना बरामद गरेको छ ।
शुक्रबार बिहान जमुहनाहा नाकाबाट पहरीले अफिमको दाना रहेको दुई सय ५० बोरी अफिमको दाना भएको बोरीसहित कन्टेनर बरामद गरेको हो ।
नेपालगञ्जबाट जमुनहा नाका हुदै भारतको रुपैडीहातर्फ जाँदै गरेको आरजे ०९ जिबी ४५४२ भारतीय नम्बर प्लेटको बन्दबडी मालबाहक कन्टेनरमा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा अफिमको ती दाना बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरुी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
ट्रक भित्र बनाइएको छुट्टै फल्स बटन ९गोप्य कोठा० मा लुकाएर राखिएको अवस्थामा अफिमका दाना बरामद भएको डिएसपी न्यौंपानेले बताए ।
बरामद बस्तुलाई इन्टेरनेटमा खोजी गर्दा पप्पी सीड भन्ने खुलेको र त्यसलाई परीक्षणका लागि भन्सार कार्यालयमा पठाइ सकिएको डिएसपी न्यौंपानेले जानकारी दिए ।
एउटा बोरी २५ केजीको छ । एउटा बोरीमा राखिएको अफिमको दानाको मूल्य झन्डै ५० हजार बढी पर्ने कुरा खुल्न आएको डिएसपी न्यौंपानेले बताए ।
अफिम खेती गर्नका लागि बीउको रुपमा प्रयोग गर्न अफिमका दाना भारततर्फ लैजान खोजेको हुनुपर्ने प्रहरीले अनुमान गरेको छ ।
कन्टेनर रोक्न खोज्दा त्यसका कन्टेनरका चालक र सहचालक भागेर इण्डियातर्फ प्रबेश गरेको डिएसपी न्यौंपानेले जानकारी दिए । घटनाबारे अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।