२०८१ माघ ९ गते बुधवार

गोरखा, डिभाईन र अमर टि–२० क्रिकेटको सेमिफाइनलमा

लक्ष्मण बस्नेत,
१ फागुन, तुलसीपुर दाङ । गोरखा माबि तुलसीपुर र डिभाईटन टेम्पल एकाडेमी तुलसीपुर स्वर्गिय राज कुमार श्रेष्ठ स्मृति टि–२० क्रिकेट प्रतियोगिता २०७५ को सेमिफाइनलमा गरेका छन ।

रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा दाङ तुलसीपुरको अरनीको मैदानमा जारी प्रतियोगितामा हिमाल एकाडेमी तुलसीपुरलाई ५ विकेटले पराजीत गर्दै गोरखा माबिले सेमिफाइनल यात्रा तय गरेको हो । उसले हिमाल एकाडेमीले दिएको १ सय १९ रनको विजयी लक्ष्य १८ ओभरमा आफ्ना ५ विकेटको क्षेतीमा भेटाएको थियो । खेल अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने गोरखा माबिका अच्युत थापा म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै बुधबार सम्पन्न क्वाटर फाईनल खेलमा राप्ति विद्यामन्दिर तुलसीपुरलाई ३ विकेटले पराजीत गर्दै डिभाईन टेम्पल एकाडेमीले सेमिफाइनल यात्रा तय ग¥यो । टस जितेर व्याटिङ गर्न खेल मैदानमा उत्रिएको राप्ति बिद्या मन्दिरले दिएको मात्र ३१ रनको झिनो बिजयी लक्ष्य डिभाइनले १० दशमलव ४ ओभरमा आफ्ना ७ विकेटको क्षेतीमा हासिल गरेको थियो । खेलमा पारस वली म्यान अफ द म्याच घोष्तिा भए ।

त्यस्तै राप्ति बाल एकाडेमीलाई ९९ रनको भारी अन्तरले पराजीत गर्दै अमर बोर्डिङ स्कुलले सेमिफानल यात्रा सुरक्षीत ग¥यो । टस जितेर व्याटिङ रोजेको अमरले निर्धारित २० ओभरमा आफ्ना ३ विकेटको क्षेतीमा १ सय ५५ रन स्कोर निकाल्न सफल भयो । जसमा अमरका सविन पौडेलले सर्वाधिक ६३ रनको योगदान दिए । उनि प्रतियोगिताकै हाफ् सेन्चुरी बनाउने पहिलो खेलाडी बने । प्रतिउत्तरमा जवाफी व्याटिङ गरेको राप्ति बाल १५ दशमल ३ ओभरमा मात्र ५७ रन बनाउदै अलआउट भयो । खेल अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने अमरका सविन पौडेल म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत बिहिबार विहान ८ वजे सेमिफाइनल यात्राका लागि हुने अन्तिम क्वाटर फाइनल खेलमा ज्ञानज्योती माबि तुलसीपुर र अरनीको माबि तुलसीपुर विच भिड्न्त हुने आयोजकले जानकारी दिएको छ ।

विद्यालय स्तरमा क्रिकेट खेलको पहुँच अभिवृद्धी गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा विजेता हुने टिमले नगद ३० हजार ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले नगद २० हजार ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडी मध्यबाट बेष्ट व्याट्म्यान,वेष्ट बलर,वेष्ट फिल्डर, म्यान अफ सिरीज र राइजिङ प्लेयर लगाएतका विद्यामा पुरस्कृत गरिने रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष रुपेश शर्माले जानकारी दिएका छन । फागुन ४ गते सम्म चल्ने प्रतियोगितामा तुलसीपुर क्षेत्रका १२ विद्यालयको सहभागिता रहेको छ

प्रकाशित मिति : २०७५ फाल्गुन १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *