२०८३ मङ्सिर १० गते बुधवार

बसले ठक्कर दिँदा दुइ जना घाईते

तुलसीपुर,असार १६ । बिजौरीमा बसले ठक्कर दिँदा दुइ जना घाईते भएका छन् । बिहिवार दिंउसो घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना ७ ख ३८९ न. को बसले सोही दिशाबाट आउँदै गरेको रा ६ प ५००० न. को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् ।

घाईते हुनेमा मोटसाईकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १० का १७ वर्षीय यादव भण्डारी र मोटरसाईकलमा सवार रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ५ का १८ वर्षीय चमन वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
भण्डारीलाई बाया खुट्टामा सामान्य चोट लागेको छ भने वलीलाई टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । बस चालक घोराही ११ का ३० वर्षीय सुनिल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *