२०८२ चैत्र १ गते आइतवार

झिमरुक नदीले बगायो तटबन्ध

प्यूठान,असार १५ । गएरातिदेखि परेको अविरल वर्षाका कारण झिमरुक नदीको बहाव बढ्दा नदीले विभिन्न स्थानमा कटान सुरु गरेको छ ।

उक्त नदीले प्यूठान नगरपालिका-४ बिजुवारस्थित बिजुवार-खलंगा सडकखण्ड नजिकैको तटबन्ध भत्काएको छ ।

तटबन्ध बाढीले भत्काउँदा बिजुवारको पक्की पुल जोखिममा परेको प्यूठान नगरपालिकाका पूर्वमेयर अर्जुनकुमार कक्षपतिले जानकारी दिए ।

प्यूठान नगरपालिका-७ टिकुरी बसपार्क नजिकैको करिडोर पनि बाढीले बगाएको स्थानीय शालिग्राम पण्डितले जानकारी दिए ।

बाढीले झिमरुक नदी किनारामा विस्तार गरिएको विद्युत्‌को हाइटेन्सन लाइनका पोल पनि बगाएको छ । सबपावर स्टेसनसम्म पुग्ने विद्युतका पोल बाढीले बगाएको पण्डितले जानकारी दिए ।

यस्तै अविरल वर्षापछि जिल्लाका विभिन्न स्थानमा पहिरोले क्षति पुर्‍याएको विवरणहरू आउन थालेका छन् । वर्षापछि आएको पहिरोले नौबहिनी गाउँपालिका–६ ढाड बस्तीमा क्षति पुर्‍याएको वडाध्यक्ष मानबहादुर केसीले जानकारी दिए ।

त्यस्तै अविरल वर्षापछिको आएको पहिरोले बाग्दुला-मच्छी सडक खण्ड अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २०७९ असार १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *