तुलसीपुर, असार १५ । अबिरल बर्षाका कारण दाङ– रोल्पा सडक खण्ड अबरुद्ध भएको छ । त्यस्तै बर्षाका कारण तुलसीपुरको खाद्रेमा एउटा घर भत्किएको छ ।
दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सहिद मार्गमा ठूला सवारी साधन सञ्चालनमा आउन नसकेको डिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले अबिरल बर्षाका कारण सडक हिलाम्मे भएका कारण ठूला सवारी साधन सञ्चालनमा आउन नसकेको बताए ।
उक्त सडक खण्डमा मोटरसाइकल लगाएतका साना सवारी साधन फाट्ट फुट्ट रुपमा सञ्चालनमा आइरहेको उनले बताए ।
त्यस्तै बर्षाका कारण तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ खाद्रेमा एउटा घर भत्किएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीुपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बर्षाका कारण स्थानीय एक जनाको घर धप्किएको खबर आएपछि प्रहरी घटनास्थल तर्फ खटाएको जानकारी दिए ।
प्रकाशित मिति : २०७९ असार १५ गते बुधवार