२०८२ चैत्र १ गते आइतवार

तुलसीपुरको देबीस्थानमा १९औं राष्ट्रिय धान दिवस मनाउने तयारी

देउखुरीमा मेसिनले धान रोप्ने

तुलसीपुर, असार १४ । १९औं राष्ट्रिय धान दिवस तुलसीपुर उपमहानगरपालिका वडा नं. १ देवीस्थानमा मनाइने भएको छ ।

बुधबार बिहान ८ बजेपछि देबीस्थानमा १९औं धान दिवस मनाउने तयारी तुलसीपुर उपमहानगरपालिकाले गरेको छ ।

त्यस्तै देउखुरीको लमही क्षेत्रमा बुधबार बेलुका मात्रै धान दिबस मनाउने तयारी गरिएको छ ।

लमही नगरपालिका वडा नं. ८ धनपुरुवामा स्थानीय सरकाले धान दिवस मनाउने तयारी गरेको छ ।

देउखुरीमा धान रोप्ने मेसिन ल्याइएको छ । अत्याधुनिक धान रोप्ने मेसिनले धान रोपेर धान दिवस मनाइने भएको छ ।

जिल्लामा चितवन, बुटवल पछि दाङमा यसै बर्ष धान रोप्ने मेसिन भित्र्याइएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

नेपालको पूर्वी भागमा निरन्तर भारी बर्षा भइरहेको भएपनि दाङ लगाएत पश्चिमा भूभागमा भने धान रोप्नका लागि आवश्यक बर्षा अझैं भएको छैन ।

त्यसैले सिमसार वा सिंचाई सुबिधा भएका क्षेत्रमा बोहक अनेत्र दाङमा धान खेती भइसकेको छैन ।

प्रकाशित मिति : २०७९ असार १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *