२०८३ मङ्सिर १० गते बुधवार

लागु पदार्थ दुर्व्यसनी उपचारार्थीसंगै विद्यार्थी

तुलसीपुर असार १४ । कतै ¥याली,कतै सभा र कतै अन्तक्रिया कार्यक्रम आयोजना गरेर अन्तर्राष्ट्रिय लागु औषध ओसार पसार विरुद्धको दिवस मनाइयो । तर तुलसीपुर ६मा रहेको लक्ष्यदीप एकेडेमीले भने फरक तरिकाले दिवस मनाएको छ ।

विद्यालयले तुलसीपुर १९मा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रमा पुगेर लागु पदार्थ दुव्र्यशनी उपचारार्थीहरुसंगै रहेर दिवसमा मनाएका छन् ।

उनीहरुले कसरी दूव्र्यशनीमा फस्दछन् भन्ने विषयमा अनुभवसहित ज्ञान हासिल गर्न पाएका हुन् ।

दुव्र्यशनीमा फसेकाहरुलाई समाजले हेर्ने दृष्टिकोण, समाजमा पुर्नस्थापना, यसबाट टाढा रहने विषय र अभिभावकहरुलाई दिनुपर्ने शिक्षाका बारेमा विद्यार्थीहरुलाई जानकारी दिइएको संस्थाका निर्देशक सुरेश भुसालले जानकारी दिए ।

विद्यालयका कक्षा ६देखि दशसम्मका एक सय २५ जना विद्यार्थीहरुले प्रत्यक्षरुपमा उपचारार्थीहरु,मनोविमर्शकर्तासंग रहेर जानकारी हासिल गरेका थिए ।

कार्यक्रममा विद्यालयका शिक्षकहरु सुदीप केसी,विज्ञान भण्डारी,झरना केसी,विपाशा विष्ट, अरुण गुप्ता प्रभात देवकोटा लगायतको सहभागिता रहेको थियो ।

विद्यार्थीहरुलाई मनोविमर्शकर्ता शैलेश शर्माले लागु पदार्थ दुव्र्यशनीबाट बच्ने उपायका विषयमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २०७९ असार १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *