२०८२ माघ २९ गते बिहिवार

महिला हिंसा न्युनीकरणका लागि बबईमा ३ दिने तालिम सुरु

बबई,असार १३ । महिला हिंसा न्युनीकरणका लागि बबईमा सरोकारवालाहरुको भुमिका विषय ३ दिने तालिम सुरु भएको छ ।

दलित सेवासंघ दाङको आयोजना तथा बबई गाउंपालिकाको आर्थिक सहयोग हुन लागेको तालिमको सोमवार एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ ।

त्यस अवसरमा सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसीले हिंसा कार्य भन्दा प्रतिकार्य भएको बताउँदै प्रतिसोध उत्पन्न हुदाँ हिंसा हुने बताए । उनले लैगिंक ,जातिय, वर्गीय ,भेदभावले हिंसा निम्त्याएको भन्दै संसार बदल्ने अभियानमा लागेका व्यक्तीहरुले नै पहिले आफुलाई बदल्नु पर्ने बताए ।

कार्यक्रममा गाउंपालिकाका उपाध्यक्ष बमकुमारी खड्काले महिला हिंसा न्युनीकरणको लागि आफैबाट सुरुवात गर्नुपर्ने बताउदै कहिकतै महिला आफै चुकेको कारण पनि हिंसा बढिरहेको बताइन ।

दलित सेवा संघ दाङका सचिब सन्तोष चनाराको अध्यक्षतामा कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दाङका देवि प्याकुरेल , मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिब निर्मल नेपाली लगाएतले बोलेका थिए ।


कार्यक्रममा गाउँपालिका महिला बालबालिका शाखा प्रमुख ईश्वरा रावतले कार्यक्रम वारे प्रकाश पारेकी थिइन ।

तालिममा महिला महिला जनप्रतिनिधि तथा सरोकारवाला गरि २० जनाको सहभागीता रहेको छ । तालिम ३ दिन सम्म चल्ने छ ।

प्रकाशित मिति : २०७९ असार १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *