२०८३ भाद्र १२ गते शुक्रवार

दाङले पायो एकैपटक दुई मन्त्री

सहरी विकास मन्त्रीमा चौधरी र स्वास्थ्य राज्यमन्त्रीमा केसी नियुक्त


दाङ,असार १२ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका मन्त्रीहरू हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

पुनर्गठित मन्त्रिमण्डलमा दाङले एकैपटक दुई मन्त्री पाएको छ । जसमा सहरी विकास मन्त्रीमा मेटमणी चौधरी, स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन ।

त्यस्तै पर्यटन मन्त्री जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रममन्त्रीमा शेरबहादुर कुँवरलाई नियुक्त गरेको हो।

आइतबार मात्रै एकीकृत समाजवादीका चार मन्त्रीले राजीनामा दिएका थिए।

रामकुमारी झाक्री, प्रेम आले, किसान श्रेष्ठ, विरोध खतिवडाले राजीनामा दिएका थिए।

नवनियुक्त मन्त्रीहरूको सोमबार बिहान ११ बजे सपथ ग्रहण हुनेछ।

प्रकाशित मिति : २०७९ असार १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *