लक्ष्मण बस्नेत
तुलसीपुर, २९ माघ ।
दाङ तुलसीपुरको मज्गैंमा जिल्लास्तरीय टि–२० क्रिकेट प्रतियोगिता–२०७५ हुने भएको छ । मज्गैं स्पोर्टस् क्लव तुलसीपुर उपमहानगरपालिका–१७ को आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नं १७ को आर्थिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता फागुन ६ गतेदेखि सुरु हुनेछ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ स्थानीयस्तरमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद २० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद १० हजार, ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्येबाट वेष्ट व्याट्सम्यान, वेष्ट बलर, वेष्ट फिल्डर, म्यान अफ सिरिज र राइजिङ प्लेयरलगायतका विधामा पुरस्कृत गरिने खेल संयोजक केशव अधिकारीले जानकारी दिएका छन् । झण्डै एकसाता चल्ने प्रतियोगितामा जिल्लामा क्रियाशील क्रिकेट क्लवको सहभागिता रहेछ ।