प्रेमबहादुर राम्जा,दाङ,असार १२ । रासायनिक मल र भाडा समायोजनको माग गर्दै नेकपा एमाले बबईले ज्ञापन पत्र बुझाएको छ । नेकपा एमाले बबई गाउँ कमिटीले बबई गाउँपालिका पुगेर ज्ञापन पत्र बुझाएको हो ।
सहकारी मार्फत् रासायनिक मल बितरण हुनुपर्ने नभएको भन्दै नियमन गर्ने स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको नेकपा एमाले बबईका अध्यक्ष टंकराज बिश्वकर्माले जानकारी दिए ।
सहकारीले मल वितरण गर्न नपाउने तर, ब्यक्तिगत र ब्यबसायीले घररघरमा पुगेर मल बिक्री गरीरहेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै अध्यक्ष बिश्वकर्माले गाउँपालिकालाई ध्यानाकर्षण गराएको जानकारी दिए ।
मल ल्याउनका लागि गाउँपालिकाले कुनै पहल नगरेको जनाउँदै नेकपा एमाले बबईले गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीलाई दुई बुदे ज्ञापन पत्र बुझाएको नेकपा एमाले बबईका सचिब डम्बरबहादुर सिरिस मगरले जानकारी दिए ।
जनताको मागलाई ध्यानमा राख्दै ज्ञापन पत्र बुझाएको सचिब मगरले जानकारी दिए ।
नेकपा एमाले बबईले मल आपुर्तिमा सहज गराउन तथा पेट्रोलियम पदार्थको बृद्धिका कारण भाडा बृद्धि भएको जनाउँदै यातायात सेवा प्रदायक सस्थासंग छलफल र समन्वय गरी भाडा समायोजनका लागि पहल गर्न ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझाउन नेकपा एमालेका अध्यक्ष टंकराज बिश्वकर्मा, सचिब डम्बरबहादुर सिरिस मगरको नेतृत्वमा गाउँपालिका पुगेको थियो ।
ज्ञापन पत्र बुझेपछि जवाफमा गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले मल र पेट्रोलियम पदार्थको समस्या राष्ट्रिय रुपमा रहेको बताउँदै सहकारीले सरकारले उपलब्ध गराउने मल ल्याउने सर्तमा सिफारिस दिने भनिएको बताए ।
जनताको पक्षमा आफु पनि भएको बताउँदै अध्यक्ष खत्रीले मल ल्याउन र भाडा समायोजनका लागि पहल गर्ने बताए ।