२०८२ बैशाख ११ गते बुधवार

प्रेस युनियनको महाधिवेशन हेटौडामा,असार २० गतेसम्म मतदाता नामावलीको टुंगो

काठमाडौं,असार १२ । नेपाल प्रेस युनियनको महाधिवेशन हेटौडामा हुने भएको छ ।


साउन ६ र ७ गतेका लागि तोकिएको युनियनको नवौं महाधिवेशन मकवानपुरको हेटौडामा गर्ने निर्णय भएको हो ।

आइतबार पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको संयोजनमा बसेको युनियनका पूर्वअध्यक्ष, पूर्वपदाधिकारी र सचिवालय सदस्यको बैठकले स्थान तय गरेको हो ।


त्यस्तै बैठकले असार २० गतेभित्र मतदाता नामावली टुंगो लगाउने निर्णय गरेको छ । अन्तिम मतदाता नामावलीको सूची असार २० सम्म निर्वाचन समितिलाई बुझाइसक्नुपर्नेछ ।

२०७१ साल भदौमा आठौं महाधिवेशन गरेको युनियनले झण्डै नौ वर्षपछि नवौं महाधिवेशन गर्न लागेको हो । यसअघि जेठ १२ र १३ गते गर्ने भनिएको महाधिवेशन पार्टीको निर्देशनपछि स्थगित भएको थियो ।

युनियनको सचिवालय बैठकले भदौ २१ र २२ गते हेटौडामा महाधिवेशनको मिति तोकेपछि असन्तुष्ट समूहले भेला आयोजना गरेर अर्को मिति तोकेपछि विवाद उत्पन्न भएको थियो ।

पार्टी प्रवक्ता महतकै संयोजनमा दुबै पक्ष बसेर साउन ६ र ७ गतेको मिति तोकिएको हो ।

प्रकाशित मिति : २०७९ असार १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *