२०८३ भाद्र ११ गते बिहिवार

सहकारीलाई उत्पादन र उद्यमशीलतामा जोडौ नगरप्रमुख ः खडका

तुलसीपुर असार १२ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खडकाले सहकारीलाई उत्पादन र उद्यमशीलतासंग जोड्नुपर्ने बताएका छन ।


राप्ती बचत ऋण सहकारी संस्थाले आयोजना गरेको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालाको उद्घाटन गर्दै नगरप्रमुख खडकाले अर्थतन्त्रको तीन खम्बे अर्थ नीतिअन्तर्गत सहकारीलाई आय आर्जन र सीपको विकासमा लगाउनुपर्ने बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खडकाले सहकारी मार्फत संगठित गर्दै बचत र स्वरोजगार मुलक कार्यक्रम अघि बढाउनका लागि नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको बताए । सहकारी संस्थाका अध्यक्ष हेमन्तकुमार योगीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला बचत सहकारी संघका अध्यक्ष रुपबहादुर खत्री,जिल्ला सहकारी संघका सचिव शुक्रराज भण्डारीलगायतका वक्ताहरुले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव विनोद पन्तले गरेका थिए । कार्यशालामा दाङ,बर्दिया, रुकुम, प्यूठानका ५० जना सहकारीकर्मीहरुको सहभागिता रहेको छ ।
कार्यशालामा दाङ,बर्दिया, रुकुम, प्यूठानका ५० जना सहकारीकर्मीहरुको सहभागिता रहेको छ

प्रकाशित मिति : २०७९ असार १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *