घोराही, असार ११ । राप्ती अञ्चल डेली भरी सेवा वितरक संघ प्रालिको प्रथम साधारण सभा तथा अधिवेसन शनिबार घोराहीमा भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्विनी प्रदेशका उर्जा जल स्रोत तथा सिंचाइ राज्य मन्त्री अर्जुनकुमार श्रेष्ठले व्यावसायीले विभिन्न कठिनाइ भोगेपनि नागरिकलाई सेवा दिने काम गरेको भन्दै प्रशंसा गरे ।
दुर जराजमा रहेका नागरिकलाई आवस्यक पर्ने वस्तु आफनै ठाउँमा पु¥याउन ढुवानी ब्यबसायीले महत्वपूर्ण योगदान गरेको उनले चर्चा गरेका थिए ।
‘तपाइहरुले विभिन्न कठिनाई भोगेपनि सह्रानिय काम भएको छ ’ उनले भने ‘नाफा भन्दापनि सेवा मुलक सोचले काम गर्नुहोला ।’
व्यावसायिहरुको हक र हितमा मात्र नभइ सामाजिक कार्यमा निरन्तर कार्य गर्न उनले आग्रह गरे ।
उनले व्यवसायीको समस्या समाधानका लागि सरकारले आफनो तर्फ वाट काम गरि रहेको जोड दिए ।
‘मैले आफनो तर्फ वाट खेल्नु पर्ने भूमिका खेली रहेको छु ’ राज्य मन्त्री श्रेष्ठले ‘ समयस्याका आएमा आउनुहोस मिलेर हातेमालो गरौं ।’
घोराही उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डेले राज्यले दिनु पर्ने सेवा निजी क्षेत्रले दिदै आएको भन्दै भविश्यमा सेवा थप विस्तारका लागि आग्रह गरे ।
‘राप्ती अञ्चल डेलीभरी सेवा वितरक संघ प्रालिले त्रिपक्षीय रुपमा काम गर्न सफल भएको छ’ उनले भने ‘ सेवापनि दिएको छ , त्यसबाट मुनाफा पनि लिएको छ र धेरैले कामपनि पाएका छन् ।’
उनले पनि सेवा दिदा पर्ने समस्या समाधान गर्नका लागि आफुहरुले आफनो तर्फ वाट भुमिका खेल्ने बताए ।
कानुनी जटिलताको कारण आफनो क्षेत्र भन्दा बाहिर गएर काम गर्न सक्ने अवस्थाको कारण केही समस्या भएको उनको भनाइ रहेको थियो ।
कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले व्यावसायिक हकहितका लागि आफनो स्वार्थ भन्दा माथि उठेर काम गर्नु पर्ने सुझाएका थिए ।
डेलीभरी सेवा दिदा अनावस्यक रुपमा दुःख दिने काम नगर्न प्रहरी प्रशासनलाई उनले आग्रह गरे ।
राप्ती अञ्चल डेली भरी सेवा वितरक संघ प्रालिका सल्लाहाकार नारायणप्रसाद भुसालले राज्यले सहज रुपमा व्यावसाय गर्ने बातावरण वनाउनु पर्ने जोड दिए ।
अहिले व्यवसायिहरु पलायन हुने अवस्थामा पुगेको भन्दै राज्यले कर मात्रै असुल्ने नभइ त्यही अनुरुप सहुलियतपनि दिनुपर्ने उनले माग गरे ।
‘व्यावसायीहरु राज्यको नीति अनुसार सञ्चालन हुन तयार छन् तर वातावरण राज्यले निर्माण गर्नु पर्दछ’ उनले भने ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले वजारी क्षेत्रमा सार्वजनिक पार्किङको समस्या नहुँदा पटक पटक समस्या उत्पन्न हुने गरेको बताए ।
कार्यक्रमम नेपाल प्रेस युनियन दाङका कार्यवहाक अध्यक्ष तथा सम्मानीत व्यक्त नारायण खड्का, प्रालिका कानुनी सल्लाहाकार घनश्याम थापा, दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष रामदयाल गुप्ता, राप्ती अञ्चल लिर्कश एशोसियनका अध्यक्ष दामोदर वुढाथोकी लगाएतकाले राप्ती अञ्चल डेली भरी सेवा वितरक प्रालिकाको प्रथम अधिबेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव भरतराज श्रेष्ट र आर्थिक प्रतिवेदन कोषाध्यक्ष टंकसिंह वुढाथोकीले प्रस्तुत गरेका थिए । कार्यक्रम प्रालिका अध्यक्ष धुवराज श्रेष्ठ भारीको अध्यक्षतामा भएको थियो ।
प्रापलका प्रवन्धक सञ्चालक खड्ग बुढाथोकीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण डा.लोकराज पराजुलीले गरेका थिए ।
त्यस अवसरमा प्रा लिको भवन निर्माणमा सहयोग पु¥याउने संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सञ्चार क्षेत्र वाट सहयोग पु¥याएको भन्दै पत्रकार नारायण खड्का, प्रियास्मृति गजमेयर र निशानदाजु भट्टराइलाई सम्मान गरिएको थियो ।
यसैअबशरमा प्रालिको भवन उद्घाटन घोराही उपमहानगरपालिका वडा नं १४ झिगौरामा निर्माण गरिएको राप्ती अञ्चल डेली भरी सेवा वितरक संघ प्रालिको भवन उद्घाटन गरिएको छ । शनिवार लुम्विनी प्रदेशका उर्जा जल स्रोत तथा सिंचाइ राज्य मन्त्री अर्जुनकुमार श्रेष्ठले भवनको उद्घाटन गरेका हुन ।
अधिवेसनले पुनः प्रालिको अध्यक्षमा धुर्वबहादुर श्रेष्ठ भारीको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको छ ।