दाङ,असार ११ । दाङमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार राजपुर गाउँपालिका–२ गैरा बस्ने २५ वर्षीय राजेश चौधरी आफ्नै घर नजिकै सडकको सुक्खा नालीमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : २०७९ असार ११ गते शनिवार