२०८३ भाद्र १२ गते शुक्रवार

अर्घाखाँचीको मालारानीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

अर्घाखाँची,असार ११ । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाँडाकटेरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

डाँडाकटेरीका २७ वर्षीय कमल भुसाललाई २७ वर्षीया श्रीमती सरु भट्टराई भुसालको हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

भुसालले आफूहरु दुबै जना घरबाट नजिकैको जङ्गलमा घाँस दाउरा लिन गएको र आफूले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर हत्या गरेको बयान दिएका प्रहरी निरीक्षक पौडेलले बताए ।

श्रीमतीको हत्यापछि भुसाल आफैँ प्रहरी चौकी पुगेका थिए । प्रहरी निरीक्षक पौडेलले घटना बारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असार ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *