२०८२ जेष्ठ ११ गते शुक्रवार

तुलसीपुरको अनुमानित बजेट १ अर्व ८६ करोड

कहाँ के मा कति ?

तुलसीपुर, १० असार । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि अनुमानित बजेट सार्वजनिक गरेको छ ।

उपमेयर स्यानी चौधरीले शुक्रबार बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै कुल वजेट १ अरब ८६ करोड ४७ लाख, ७९ हजार अनुमान बजेट रहने बताइन ।

जसमा आन्तरिक श्रोतबाट ३० करोड १२ लाख, स्थानीय तह राजश्व वाँडफाड मालपोत रजिस्टे«शनवाट १० करोड, बैंक मौज्दात ४ करोड ५० लाख गरि कुल आन्तरिक आम्दानी ४४ करोड ६२ लाख अनुमान गरिएको छ ।

संघीय सरकारबाट प्राप्त हुने समानिकरण अनुदान ३३ करोड ६२ लाख, सशर्त अनुदान ६२ करोड ९१ लाख, समपुरक अनुदान १ करोड ६० लाख, विशेष अनुदान १ करोड ३० लाख र राजश्व बाँडफाँड रकम २३ करोड ५५ लाख ३ हजार रहेको छ ।

त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने अनुदान १ करोड ५६ लाख, सशर्त अनुदान १ करोड ६० लाख, समपुरक अनुदान ३ करोड, विशेष अनुदान ८० लाख र राजश्व बाँडफाड रकम ३ करोड ३१ लाख ७६ हजार र अन्य संघ संस्था अनुदान अन्तरगत नगरविकास कोष ऋण ७ करोड, ूयूनिसेफ अनुदान ६० लाख र सडक वोर्ड नेपाल १ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै व्यय तर्फ कार्यालय संचालन र प्रशासनिक खर्च २७ करोड ८ लाख ३२ हजार, नगर विकास कोष साँवा व्याज किस्ता भुक्तानी ७७ लाख २३ हजार, चालु नगर स्तरिय कार्यक्रम खर्च १ करोड ६५ लाख ७७ हजार, सवै महाशाखा र शाखाहरुको प्रशासनिक र कार्यक्रम खर्च १८ करोड ९८ लाख ६८ हजार, वडा स्तरिय प्रशासनिक, योजना तथा कार्यक्रम खर्च १३ करोड ३० लाख, नगर स्तरिय योजना तथा कार्यक्रम खर्च ३ करोड ८५ लाख ५४ हजार २ सय ७६ रहेको छ ।

गत आर्थिक वर्षको ऋण दायित्व अन्तरगत योजना कार्यक्रम खर्च ३० करोड, केन्द्र प्रदेश र अन्य समपुरक योजनाको खर्च ८ करोड ५० लाख, गत आर्थिक बर्ष भुक्तानी वाँकी खर्च २ करोड ५१ लाख २४ हजार ७ सय २४ रहेको छ ।

त्यस्तै संघीय सरकार सशर्त, विशेष र समपुरक योजनाको खर्च ६५ करोड ८१ लाख, प्रदेश सरकार सशर्त, विशेष र समपुरक योजनाको खर्च ५ करोड ४० लाख गरि कुल वजेट खर्च १ अरब ८६ करोड ४७ लाख, ७९ हजार अनुमान गरिएको होे ।

त्यसैगरि आर्थिक वर्ष २०७९÷०८० मा चालु तर्फका कार्यक्रमहरु, प्रशासनिक खर्च र कार्यालय संचालन तर्फ कुल खर्च ४७ करोड ७२ लाख ७७ हजार अर्थात कुल वजेट खर्चको २५ दशमलब ५९ प्रतिशत रहेको छ ।

त्यस्तै विकास र शसक्तिकरण कार्यक्रम, सशर्तका कार्यक्रम तर्फ कुल खर्च १ अरव ३७ करोड ९७ लाख ७९ हजार अर्थात कुल वजेट खर्चको ७३.९९ प्रतिशत हुने उपमेयर श्यानी चौधरीले बताइन ।

त्यस्तै वित्तिय खर्च तर्फ ७७ लाख २३ हजार विनियोजन गरिएको छ । जुन कुल बजेट खर्च अनुमानको ० दशमलब ४१ प्रतिशत हुन आउने उममेयर चौधरी बताइन् ।

स्वास्थ्य तर्फ विपन्न परिवारलाई नगर भित्रका हस्पिटल तथा स्वास्थ्य संस्थाबाट निशुल्क उपचार गर्न आवश्यक ब्यवस्था गरिएको चौधरीले बताइन ।

त्यस्तै तुलसीपुर सञ्चालनमा ल्याएको १५ शैयाको तुलसीपुर भिमसेन मेट्रो अस्पताललाई स्तरोन्नति गरि गुणस्तरिय, सर्वशुलभ र उपचारात्मक तथा निदानात्मक सेवा लगायत विशिष्ट सेवाहरु संचालन गर्ने गरि ब्यबस्थापन गरिने कुरा बजेटमा उपमेयर चौधरीले बताइन ।

निशूल्क शल्यक्रियाका माध्यमवाट एक वर्ष भित्र मोतिविन्दु मुक्त समाजको रुपमा निर्माण गर्न आवश्यक रकम विनियोजन गरिएको उनले बताइन ।

त्यस्तै किशोर किशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा संचालन गर्न किशोर किशोरी सूचना तथा मनोसंकट सहयोग केन्द्र स्थापना गरिने कुरापनि बजेटमा उल्लेख छ ।

उमेयरले प्रस्तुत गरेको बजेट वक्तव्यमा नगरस्तरमा औषधि भण्डारण भवन निर्माण तथा खोप ब्यबस्थापन, अत्यावश्यक गुणस्तरिय औषधि, औजार तथा उपकरणको व्यवस्था गर्ने, थारु समुदायमा रहेको सिकलसेल एनिमिया, हेमोफिलिया लगायतका रोगहरुका उपचार सेवालाई प्रभावकारी वनाउने जस्ता कुराहरु रहेका छन् ।

खानेपानी सेवा विस्तार अन्तरगत फुलवारी डिपवोरिङ तुलसीपुर– १३ मा ५० लाख, राजपुर धारगाउ खानेपानीका लागि २० लाख र अश्वारा खानेपानीका लागि २० लाख वजेटको व्यवस्था गरिएको छ ।

शिक्षामा विद्यार्थीको पहुँच सुनिश्चित गर्न भन्दै यही आर्थिक वर्षदेखि आधारभूत तह अन्तर्गत कक्षा १ देखि ८ सम्म पूर्ण रुपमा निशुल्क वनाउने कुरा उपमेयर चौधरीले बताइन ।

शिशु कक्षा सहयोगीहरुको क्षमता, दक्षता र कार्यको आधारमा शिशु कक्षा सहयोगी कार्यकर्ता , विद्यालय सहायक कर्मचारी र कार्यलय सहयोगीलाई थप सेवा सुविधाका लागि आवश्यक रकम विनियोजन गर्ने कुरापनि उल्लेख छ ।

त्यस्तै विद्यालयमा आवश्यक विज्ञान, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, कक्षाकोठा लगायत अन्य भौतिक संरचनामा थप जोड दिदै त्यस्ता संरचनालाई बालमैत्री तथा अपाङ्गमैत्री बनाउनका लागि आवश्यक बजेट व्यवस्था गरिने चौधरीले बताइन ।

विभिन्न विश्वविद्यालय सँग सहकार्य गरेर कृषि, वन विज्ञान, चिकित्सा, इन्जिनियरिंग, फुड टेक्नोलोजी, मेडिकल साइन्स जस्ता प्राविधिक शिक्षा सञ्चालनका लागि संघ, प्रदेश सरकारसँग सहकार्य गरेर आवश्यक वजेट व्यवस्था गरिने उमेयर चौधरीले बताइन् ।

खेलकुद अन्तरगत एक शैक्षिक संस्था एक सामुदायिक उद्यम कार्यक्रमका लागि ५ लाख विनियोजन गरिएको छ।

अतिनै महत्वको र चर्चामा रहेको तुलसीपुर एयरपोर्टको स्तरोन्नतिको लागि पनि आवश्वयक व्यवस्था बजेटमा गरिएको उनले बताइन ।

त्यस्तै भू–उपयोग नीति निर्माण गर्दै जग्गाको बर्गिकरण गरी कृषी उत्पादनको पकेट क्षेत्र निर्धारणलाई निरन्तरता दिन मौरी, बाख्रा र नयाँ तरकारी वालीको पकेटका लागि २५ लाख वजेट विनियोजन गरिएको छ ।

व्यासायिक कागती खेतीको लागि १० लाख वजेट विनियोजन गरिएको छ । धानवाली प्रवर्धन कार्यक्रमका लागि २५ लाख वजेट विनियोजन भएको छ ।

कृषकले उत्पादन गर्ने दूधको बजार व्यवस्थापन हुन नसक्ने अवस्थामा चिश्यान केन्द्र स्थापना गर्न तथा लागत साझेदारी वापतको रकम १५ लाख ५० हजार बजेट व्यवस्था गरिएको छ ।

त्यस्तै मावि दोघरेको भवन निर्माण गर्न १ करोड ३० लाख वजेट विनियोजन भएको छ ।

शहरी विकास कार्यक्रमका लागि उरहरी चोकदेखि दामोदर मार्ग छुने सडक तथा नाला निर्माण गर्न ४९ लाख वजेट विनियोजन भएको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रमवाट १ हजार १ सय ५ घरधुरीलाई खरको छानो विस्तापन गरि टिनको छानो लाउन भन्दै २ करोड ३३ लाख, मेट्रो कलेजको भवन निर्माण गर्न समपुरक वजेटवाट १ करोड ६० लाख र वडा कार्यालय भवन निर्माण गर्न वडा नं. ४, १३ र १९ को लागि समपुरक वजेटवाट १ करोड ६० लाख वजेट विनियोजन गरिएको छ ।

यसपाली नयाँ कुरामा तुलसीपुर वडा नं १, ३, ४ र १९ जस्ता अग्लो भूगोल र स्थानहरुबाट वायु उर्जा उत्पादनका गर्न सम्भाव्यता अध्ययन गर्न आवश्यक व्यवस्था गरिएको उमेयर चौधरीले जानकारी दिइन ।

त्यस्तै लंैगिक हिंसामा परेका महिलाहरुको उपचार तथा पुनस्थापनाका लागि उपमेयर महिला सुरक्षा आवास कार्यक्रमका लागि वजेट विनियोजन गरिएको छ ।

भाषा तथा संस्कृति र पर्यटन प्रवर्धनका लागि तुलसीपुरलाई पर्यटनको हवको रुपमा विकास गर्ने, ‘घुम्न जाउँ तुलसीपुर अभियान’लाई निरतरता दिन आवश्यक बजेट विनियोजन गरिएको चौधरीले जानकारी दिइन ।

पर्यटन प्रवद्र्धन र उद्यम विकास गर्न होमस्टेको विकासका लागि आवश्यक वजेट विनियोजन गरिएको उमेयर चौधरीले उल्लेख गरिन ।

त्यस्तै बजेटमा पशु स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रयोगशाला निर्माण तथा दुर्गम क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको उपमेयर चौधरीले बताइन ।

त्यस्तै ससहकारी संस्थाहरुको क्षमता अभिबृद्धी कार्यक्रमका व्यवस्थापन सूचना प्रणाली वृद्धि गर्न लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।

तुलसीपुरमा २ वटा औद्योगिक ग्रामको स्थापना, संञ्चालन तथा व्यवस्थापन गर्ने , सफल उद्यमी सम्मान कार्यक्रमका लागि बिगतमा जस्तै बजेट विनियोजन गरिएको उमेयर चौधरीले बताइन् ।

त्यस्तै बजेटमा भूमी समस्या समाधान आयोग सँगको सहकार्यमा जग्गा विहिन, भूमिहिन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्न आवश्यक बजेट विनियोजन गरिएको चौधरीले जोड दिइन ।

बजेटमा नगरको फोहोरलाई मोहोरमा बदल्न र दीर्घकालीन व्यवस्थापन गर्न दिर्घकालिन ल्याण्डफिल साइटको व्यवस्था र फोहोरलाई वर्गीकरण तथा व्यवस्थापनका लागि आवश्यक व्यवस्था गर्ने कुरापनि समेटिएको छ ।

सूचना तथा सञ्चारमा रेडियो तथा टेलिभिजन कार्यक्रम निर्माण, तुलसीपुर मासिक बुलेटिन प्रकाशन, हेलो मेयर टोल फ्री हटलाइन सञ्चालन, सञ्चारकर्मीको स्वास्थ्य विमा, लोककल्याणकारी विज्ञापन वितरणका लागि बजेट विनियोजन गरिएको उपमेयर चौधरीले बताइन ।

कार्यक्रममा नगरप्रमुख टिकाराम खड्काले ‘समृद्ध तुलसीपुर सवैका लागि संधैका लागि’ भन्ने मुल अभियानका साथ आर्थिक बर्षको विजेट विनियोजन गरिएको भन्दै बजेटलाई कार्यान्वयन गर्न आफुहरु लाग्ने बताएका थिए ।

उनले सवैको साथ र सहयोगले मात्र आफुहरुले बजेट कार्यान्वयन गर्ने सक्ने भन्दै सहयोगको लागि अपिल गरे ।

प्रथम नगरसभाको दोस्रो बैठकमा आर्थिक विधेयक आर्थिक समितिका संयोजक माधव वली, विनियोजिन विद्येयक लेखा समितिका संयोजक घनश्याम ढकालले आ–आफ्ना भनाइहरु राखेका थिए ।

प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *