दाङ, असार १० । बाँकेमा भन्सार छलीको १९ लाख मूल्य बराबरको चिनी र बोडीको दाल प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक चक्रडम्मर पालको नेतृत्वको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ स्थित नन्दनी मिलको प्राङगणबाट १९ लाख बराबरबो भन्सार छलीको चिनी र बोडीको दाल बरामद गरेको हो ।
उक्त मिलबाट भन्सार छली चोरी पैठारी गरेको अवस्थामा राखिएको पाँच सय २० बोरी चिनी र बोडीको दाल ५१ बोरी बरामद बिहीबार राति ९ बजे प्रहरीले बरामद गरेको थियो ।
खरिद बिक्रिको कुनै कागजात नभएको १८ लाख २० हजार मूल्य बराबरको चिनी र एक लाख सात हजार मूल्य बराबरको बोडीको दाल बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
भन्सारी छलीको खाद्यान्न बिक्रि बितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको बिशेष टोलीले उक्त परिमानमा चिनी र दाल बरामद गरेको थियो । बरामद भएको सामाग्री शुक्रबार दिउँसो १२ बजे भन्सार कार्यालयमा पठाइएको छ ।